Logo

‘सितिमी’ र डा. भक्त राईलाई दिलकुमारी स्मृति पुरस्कार


येलेखिम, भदौं ८ गते । संस्कृतिविद् डा. भक्त राई र ‘सितिमी’ मासिक पत्रिकालाई ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

भाषा–साहित्य तथा संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत सो पुरस्कार प्रदान गर्न लागिएको ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार कोष-२०७४’ का संस्थापक सदस्य गीतकार टीका चाम्लिङले जानकारी गराए ।

पुरस्कारको राशि जनही नगद २५ हजार र प्रमाणपत्र रहेको छ । प्रत्येक वर्ष प्रदान गरिने उद्देश्य रहेको पुरस्कार यसपाली २०७५ र २०७६ गरी दुई वर्षको एकैचोटि प्रदान गर्न लागिएको आयोजकले बताएको छ  ।

चाम्लिङ राई भाषामा प्रकाशन हुँदै आएको सितिमी मासिक पत्रिका हाल ४२ अङ्क प्रकाशन भइसकेको छ । तिलक चाम्लिङको सम्पादन रहेको यो पत्रिमा २०७२ साल वैशाखदेखि प्रकाशन सुरु भएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

‘सिलीमोमा’ दिलकुमारीको जन्म खोटाङको दिक्तेल-रूपाकोट-मझुवागढी-१३, नुनथलामा वि.सं. २००१ साल भदौ १२ गते भएको थियो । उनी किरातीहरुको महान् साकेला चाडमा नाचिने सिलीको नेतृत्वकर्ता थिइन् ।   २०७० साल साउन १९ गते उनको निधन भएको थियो । उनको स्मृतिमा पुरस्कार स्थापना गरिएको कोषका संरक्षक दिलकुमारीका पति रोजबहादुर चाम्लिङ राईले बताए । गीतकार टीका चाम्लिङ, सरिता चाम्लिङ ‘नाना’, नवीन चाम्लिङ, रन्जना चाम्लिङ र सन्जीव चाम्लिङहरुको सक्रियतामा यो पुरस्कार कोष स्थापना गरिएको हो ।

गीतकार चाम्लिङका अनुसार दिलकुमारीको जन्मदिनको अवसर पारेर भदौ १२ गते सिटिम्याक्स सिनेमा घर, बागबजार, काठमाडौंमा नेपाली वाङमय परिषद्को आयोजना यो पुरस्कार प्रदान गरिनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्