पुरानो पुस्ताको कम्युनिष्ट नेत्रीमा उस्तै युवा जोस
– मान्सुङ चाम्लिङ
खोटाङ जिल्लाको हलेसी क्षेत्रमा कम्युनिष्ट पार्टी स्थापना गर्ने नेतृत्वहरुमध्ये विष्णुमाया राई पनि एक हुन् । कम्युनिष्ट नेतृत्वहरु धेरै नै स्थापित भए हलेसी क्षेत्रमा । तर शुरुवात गर्ने महिला नेतृत्व मध्ये उनी एक हुन । हाल आएर पनि उहाँमा उत्तिकै जोस र जाँगर जागि नै रहेको छ ।
नेकपा हलेसी तुवाचुङ नगर कमिटी गठन गर्ने क्रममा वडा नं.५ दुर्छिमको साविक वडा नं.४ चुमाखु लगायतको गाउँहरु समेटेर टोल कमिटी गठन गरिएको छ । उक्त टोल कमिटीमा विष्णुमाया राईको अध्यक्षतामा २३ सदस्य कमिटी गठन गरिएको छ ।
१०० बढी उपस्थित जनताहरुको छलफल पश्चात उक्त कमिटी गन गरिएको वडा पार्टी अध्यक्ष प्रदिप राईले बताए । निर्वाचित कमिटीलाई वडा नं.५ का महिला सदस्य भद्रकला राईले अविर लगाई दिएर बधाई दिएका थिए ।
पञ्चायतको दमनलाई सहन नसकेर पञ्यात विरुद्ध आवाज उठाउँदै नेतृत्व गर्नु भएकी नेतृ विष्णुमायालाई नेतृत्व मान्दै हाल पञ्चायतको विउ विउझाउने दाउमा राप्रपा र नेपाली कांग्रेस लागी परिरहेकोले यी पार्टीहरुलाई यस वडाबाट क्लिन स्विइप गर्नको लागी आम सबै जनता लागी परिरहेको नगर सचिवालय सदस्य संघर्ष किरातीले बताउनु भयो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य खडेन्द्र राई, अकिल राई, आमोद राई, जिल्ला कमिटी सदस्य मकर राई, नगर कमिटी सदस्यहरु तामन राई, संघर्ष किराती लगायतको उपस्थित रहेको थियो ।