Logo

होलैसुङ दरवारको टोलमा पनि नेकपा कटिमी गठन


– मान्सुङ चाम्लिङ

करिब ४०० वर्ष अगाडी हलेसी क्षेत्रमा होलैसुङ राजाले शासन गरेको इतिहास पाइन्छ । उक्तराजाको भग्नाशेष दरवार साविकको दुर्छिम वडा नं.३ मा नेकपाको टोल कमिटी गठन भएको हलेसी नगर कमिटी ससदस्य गमिता राईले बताइन ।

उक्त टोल कमिटीमा साविक वडाको भञ्याङ, हात्तिढुंगे र रंकाडो सबै गाउँहरुको प्रतिनीधिहरु समेटेर भक्त राईको अध्यक्षतामा १९ सदस्य कटिमी गन गरिएको दुर्छिम वडा नं.५ का वडा कमिटी अध्यक्ष प्रदिप राईले बताए ।


भेलामा जनताहरुको उत्साहपुण भेला रहेको थियो । भेलामा पूर्व गाविस अध्यक्ष कुवेर राई, जिल्ला कमिटी सचिवालय सदस्य अकिल राई, आमोद राई, जिल्ला कमिटी सदस्य रमेश तिवारी, नगर कमिटी सदस्य गमिता राई, छत्रसेर राई, सुजन राई लगायत वडा पार्टी सचिव भविन्द्र राईको उपस्थिति रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्