Logo

एकै ठाउँमा ४ देशका कलाकारहरुको कला हेर्न पाईने


काठमाडौंमा ४ देशका कलाकारको सहभागितामा ‘अन्तरराष्ट्रिय कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) को सहकार्यमा शनिवार देखि शुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौं  स्थित प्रतिष्ठानको कार्यालय नक्सालमा जारी कला प्रदर्शनीमा नेपाल सहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको चित्र समावेश गरिएको आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए । उनले ६ महीनादेखिको प्रयास सफल भएकामा खुशी व्यक्त गरे ।

प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार हरि प्रसाद शर्माले यस्ता कार्यक्रमले कला र विचार आदान प्रदानमा सहयोग पुग्ने उल्लेख गर्दै जीवन रहुञ्जेल कला साधना गर्न समेत कलाकारलाई आग्रह गरे ।  कार्यक्रममा पूर्वराजदूत कमानसिंह लामाले कला क्षेत्रको गतिविधि कमजोर रहेको भन्दै अहिले गरेका काम भावी पुस्ताका लागि पनि सङ्ग्रह गरेर राख्नु पर्नेमा जोड दिए ।
प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र नेपालको ४३ कलाकारका चित्र समावेश गरिएको छ । कलाका माध्यमबाट ती देशबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य सहित प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्