Logo

कुनै समय लक्जरीको चिन्ह मानिने “टाइटानिक” जहाज यस्तो अवस्थामा


एजेन्सी । १४ वर्षमा पहिलो पटक अध्ययन कर्ताहरुले टाइटानिक जहाजको भगना वशेश हेर्न जान सफल भएका छन् । यसरी कुनै समय लक्जरीको चिन्ह मानिने जहाज समुद्री भूमीमा ‘मेटल–इटिङ’ ब्याक्टेरियाले निल्नै लागेको अवस्थामा देखिएको उनीहरुले बताए ।

यसै महिनामा मात्र ट्रिटन सबपरिनका अनुसन्धान टोलीले  ५ पटकको डाइभमा टाइटानिकको निरीक्षण पूरा गरेका छन् । क्यानडा स्थित न्युफाउन्डल्यान्डको दक्षिणतर्फ रहेको उक्त भग्नावशेशको दयनीय अवस्था देखेर आश्चर्यमा परेको उनीहरु बताउँछन् । आफ्नो समयमा कहिल्यै नडुब्ने जहाजका रुपमा चिनिने टाइटानिक हाल समुद्रको चार हजार मिटर तल अवस्थित छ ।

यस्तोमा विश्लेषक, वैज्ञानिक र राष्ट्रिय पर्यावरण एवम् समुद्र विभागका प्रतिनिधिले निरीक्षण कार्यमा १०७ वर्ष पुरानो यस जहाजको हालको तस्बिर समेत सार्वजानिक गरेका हुन् । यसका लागि उनीहरुले विशेष किसिमको क्यामरा प्रयोग गरेका थिए जसले चार हजार रिजोलुसनको तस्बिर खिच्न सफल भएको बताइएको छ । सो उच्च गुणस्तरीय तस्बिर मार्फत जहाजमा पुगिरहेको क्षतिलाई अत्यन्तै नजिकबाट हेर्न सकिने र भर्चुअल रियालिटी प्रविधिको सहायताले वास्तविक जस्तै दृश्य प्रदान गर्ने बताइएको छ ।

सो जहाज सन् १९१२ मा हिम चट्टानसँग ठोकिएर डुबेको थियो जस समय टाइटानिकमा सवार दुईहजार बढी यात्रुमध्ये १,५१७ को मृत्यु भएको थियो । अहिले अट्लान्टिक प्रडक्सनले नयाँ डकुमेन्ट्रीका रुपमा जहाजको हालैको फुटेजको प्रयोग गर्ने बताएको छ । यसले समुद्री नुन, ‘मेटल–इटिङ ब्याक्टेरिया र गहिराइको झट्काको असरले जहाजमा पुर्याएको क्षति स्पष्ट देखाएको छ । ट्रिटन सबमरिनका अध्यक्ष प्याट्रिक लेहे भन्छन्, “टाइटेनिकलाई अहिले समुद्रले कसरी खाइरहेको छ भन्ने आफ्नै आँखाले देख्नु सबैभन्दा आश्चर्यजनक रह्यो र यसले त्यहाँका अनगिन्ती जीवहरुलाई उल्लेखनीय रुपमा वासस्थान प्रदान गरिरहेको छ ।”

सबमर्सिबलका मुख्य पाइलट एवम् सिइओ भिक्टर भेस्कोभोका अन्सार टाइटानिक सम्म पुग्न सफल हुनुले यसै प्रक्रिया मार्फत अन्य कठिन भग्नावशेशहरु सम्म पनि पुग्न सक्ने बाटो खुलाएको छ । उनले भनेका छन्, “अब हामीसँग एउटा सिद्ध प्रणाली छ जसमार्फत सजिलै र दोहोर्याएर समेत समुद्रको कुनैपनि गहिराइ सम्म पुग्न सकिनेछ । त्यसैले हामी अहिले यो कार्यलाई अब कुन दिशामा लैजाने भन्ने सम्बन्धी विचार गरिरहेका छौँ ।” यसरी अध्ययन मात्र नभएर अनुसन्धान टोलीले जहाज दुर्घटनामा मृत्यु भएकाहरुका निम्ति स्मृति समारोह पनि आयोजना गरेका हुन् ।  सिएनएनबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्