Logo

न साँझ न रात सबै दिलको उज्यालो छ, नेकपाको साथमा


– निरा राई

भाद्र महिना, स्वाभावैले कामको चतारो । तर पनि दिनभरको कार्यलाई वेवास्ता गर्दै वेलुकी पखदेखी साँझ मात्र होइन रातभर नेकपा टोल कमिटी विस्तारमा अगाडी बढीरहेको छ । यसै क्रममा हलेसी नगर वडा नं.७ अन्र्तगतसाविक वडा नं.९ कातिकेमा भुपेन्द्र राईको अध्यक्षतामा २५ सदस्य कमिटी गठन गरिएको नगर सचिवालय सदस्य निराजमान बस्नेतले बताए ।

हलेसी नगरमा नेपाली कांग्रेसको वहुमत भएकोले हलेसी नगरका जनताहरुलाई चिढ्याएको निश्चित हो भन्ने बुझिन्छ । नगरमा आएको बजेटहरु वडाहरुबाट कटौटी गर्नु, नगरमा रहेको बजेटहरु नेपाली कांग्रेस समर्थक र नेपाली कांग्रेस प्रवेश गर्ने कार्यकर्ताहरुलाई लक्षित गरेर संचालन गरेको हुनाले नै जनताहरु आजित भएर नेकपामा संगठित भएको स्थानिय निमेश राईले बताए ।

वडा स्तरमा विकासको कामहरु संचालन गर्दा पार्टीगत आस्थाको आधारमा उपभोक्ता समितिहरुको विलभौचर फरफराक गरिएको, नेकपाको आस्था भएका उपभोक्ता समितिहरुलाई दुःख दिइएको स्थानिय उपभोक्ता समितिका सदस्यहरुले नाम नबताउने सर्तमा आफ्नो भावना पोखे ।

स्मरणरहोस, जनताको विकासको लागी आएको बजेट नगरले आफुखुशी प्रयोग गर्दै आस्थाको आधारमा मात्र व्यवहार गरिए निश्चित रुपमा त्यसको अमूल्य चोट सम्बधित पक्षले व्यहोर्नुपर्ने, त्यसको लेखा जोखा निकै महंगो हुने स्थानिय जनताले बताएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्