किरात, खम्बु, राई, कुलुङ राउटे –एक चर्चा

मुख्य खबर विचार/ब्लग

–निनाम कुलुङ ‘मंगले’

किरात इतिहास र किराती महाजातिहरुका बारेमा प्राचीन हिन्दु धर्म ग्रन्थहरु ऋग्वेद, अथर्व वेद, पुराण, रामायण, महाभारत आदिमा समेत उल्लेख गरेको पाइन्छ । यसरी हेर्दा किरातहरु सुरुदेखि कै इतिहास र उनीहरुका बारेमा विस्तृतमा लेख्ने हो भने, महाभारत र रामायण जस्ता कयौं ठेलीहरु तयार हुन्छन् । तर, यहाँ छोटकरीमा हालसम्म पनि आफुलाई किरात वा किराती जाति हौं ! भनी गर्व गर्ने केही जातिहरुका बारेमा छोटकरीमा केही लेख्ने प्रयास गरिएको छ । संयोगले आफुलाई किरात वा किराती जाति दावी गर्ने प्रायः सबै जातिहरु नेपालमै बसोबास गर्छन् ।

किरात वा किराती जाति र किरात इतिहास सम्बन्धी विश्वका विभिन्न लेखक तथा इतिहासकारहरुले अनेकौं किताबहरु लेखेका छन् । त्यसरी किरात वा किराती जाति र किराती इतिहास सम्बन्धी लेख्ने क्रममा लेखक तथा इतिहासकारहरु एक मत हुन सकेका छैनन् । खासगरी किरातहरुले कति पुस्तासम्म शासन गरे ? भनी लेख्ने क्रममा सबैको एक मत छैन । जस्तै गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता, ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए भनी लेखिएको पाइन्छ । समय क्रममा नेपालमा किरातीहरु विभिन्न कारणले विस्थापित हँुदै जिमी–भूमिका साथै आफ्नो जातीय स्वपहिचान समेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहेका छन् । त्यसो त धेरै जसो किरातीहरु अनेक कारणले भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ, सिलोङ, मेघालय, आसाम, बिहार, देहरादुन, म्यानमार (बर्मा), भुटान, हङकङ, बेलायत, क्यानडा, थाईल्यान्ड, मलेसिया लगायत विश्वका विभिन्न देशमा (पलायन भएका) फैलिएको देखिन्छ ।

राईकरण, सुब्बाकरण, मुखियाकरण र देवानकरण गरिएकामध्ये खम्बुका सन्तानहरुले आपूmलाई राज्यले राईकरण गर्न दिएको/गरेको पदवी वा पगरी राई ! लाई नै जाति मान्न थाले । खासगरी यो विसं २०२१ सालमा आएको भूमिसुधार ऐन विसं २०२८/०२९ सालदेखि लागू भएपछि राई, सुब्बा, मुखिया, चौधराईहरुको हातमा रहेको जग्गा–जमीन ढाक्रे अर्थात् रैतीहरुको नाममा लालपूर्जा बनाएर वितरण गर्न सुरु ग्र्यिो । यसरी लालपूर्जा वा भनौं जग्गाधनी पूर्जा बनाएर ढाक्रे अर्थात् रैतीहरुलाई वितरण गरेसँगै स्थानीयस्तरका राजासरह मानिएका राई, सुब्बा, मुखिया, देवान चौधराई/चौधरीहरुको शक्ति पनि खोसियो ।

हुन त विभिन्न लेखक, इतिहासकार तथा जातिशास्त्रीहरुले नेपालबाट गएका बाहेक विगतदेखि नै आफुहरुलाई किरात भनी उल्लेख/दावी गरेका भारत, म्यानमार (बर्मा), थाइल्यान्ड चीन, मंगोलिया, भियतनाम, कम्बोडिया, लाओस आदि देशमा पनि किरातीहरु थिए वा ती देशका जनताहरु पनि किराती ! हुन् भनी लेखेका छन् । तर, हाल उनीहरुले आपूmलाई संवभतः किराती भनी चिनाउन छाडीसके । त्यसो त नेपालमा पनि हाल राई ! जाति भनी चिनिने र, असलीयतमा खम्बुका सन्तानहरु जस्तै कुलुङ, नाछिरिङ, बाहिङ, चाम्लिङ, साम्पाङ, खालिङ, जेरो आदि त्यस्तै मेवाहाङका सन्तानहरु मेवाहाङ, याम्फु, लोहोरुङ अनि मेत्नाहाङका सन्तान लिम्बु र लाङलेवाका सुनुवारले आपूmलाई किराती भनी चिनाउँदै आएका छन् । यसरी हेर्दा सुरुमा किरात वंशकै सन्तान मानिएका मेरात्तीको सन्तान धिमालले आफुलाई लिम्बु नजिक वा लिम्बुहरु आप्mनो दाजुभाई भनी भनेको सुनिए तापनि खुलेर किरातको सन्तान मानेको/भनेको सुनिँदैन । त्यस्तै मेचे आदि जातिले पनि किरातका सन्तान मान्न छाडेका छन् ।

यसरी इतिहास हेर्दा विशाल भू–क्षेत्र ओगटेका र विशद रुपमा फैलिएका यी किरातीहरु हाल आएर नेपाल जस्तो सानो (खासमा मझौला) देशको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्रको पश्चिम, दक्षिण र पूर्व क्षेत्रमा रहेका केही जातिले मात्रै आफुहरुलाई किराती भनी चिनाउँछन् । यी किरातीलाई पनि नेपालको भगौलिक एकीकरणसँगै उनीहरुको असली जातीय स्वपहिचानलाई नामेट पार्दै राईकरण, सुब्बाकरण, मुखियाकरण र देवानकरण गरियो । त्यसरी राईकरण, सुब्बाकरण, मुखियाकरण र देवानकरण गरिएकामध्ये खम्बुका सन्तानहरुले आपूmलाई राज्यले राईकरण गर्न दिएको/गरेको पदवी वा पगरी राई ! लाई नै जाति मान्न थाले । खासगरी यो विसं २०२१ सालमा आएको भूमिसुधार ऐन विसं २०२८/०२९ सालदेखि लागू भएपछि राई, सुब्बा, मुखिया, चौधराईहरुको हातमा रहेको जग्गा–जमीन ढाक्रे अर्थात् रैतीहरुको नाममा लालपूर्जा बनाएर वितरण गर्न सुरु ग्र्यिो । यसरी लालपूर्जा वा भनौं जग्गाधनी पूर्जा बनाएर ढाक्रे अर्थात् रैतीहरुलाई वितरण गरेसँगै स्थानीयस्तरका राजासरह मानिएका राई, सुब्बा, मुखिया, देवान चौधराई/चौधरीहरुको शक्ति पनि खोसियो ।

त्यसरी राई, सुब्बा, मुखिया, चौधराईहरुको हातमा रहेको जग्गा–जमीन ढाक्रे अर्थात् रैतीहरुको नाममा लालपूर्जा बनाएर वितरण गर्न सुरु गर्दा ती ढाक्रे अर्थात् रैतीहरुको नामको पछाडि के लेख्ने ? ठूलो विवाद आयो । त्यो वोलसम्म ढाक्रे अर्थात् रैती रहेकाहरुले पनि अब आफ्नो नामको पछाडि राई, सुब्बा, मुखिया, देवान चौधराई÷चौधरीहरु ल्ेख्न चाहे । तर, राज्यलाई निश्चित रकम (कर) तिरेर असली राई, सुब्बा, मुखिया, देवान चौधराई/चौधरी भएकाहरुले आफ्नो ढाक्रे अर्थात् रैतीहरुलाई कुनै हालतमा पनि राई, सुब्बा, मुखिया, देवान चौधराई/चौधरी लेख्न नदिने अड्डी कसेका थिए ।

खासगरी यो विवाद माझ किरातमा सतहमै आएको थियो । सन् २००७ मा काठमाण्डौस्थित होटल मल्लमा भएको विश्व आदिवासी दशकको कार्यक्रममा उपस्थित डाक्टर शिवकुमार राई (जो विसं २०६४ को निर्वाचपछि बनेको माओवादी सरकारको पालामा राष्ट्रिय योजना आयोग (रायोआ) मा सदस्य भएका थिए, उनका अनुसार उनको बाबु पनि भोजपुरको ठूलो राई थिए । उनको बाबुले म पो राई हँु ! यी ढाक्रेहरु कसरी राई ? भनी जग्गा–जमीन ढाक्रे अर्थात् रैतीहरुको नाममा लालपूर्जा बनाएर वितरण गर्ने क्रममा ढाक्रे अर्थात् रैतीहरुको नामको पछाडि राई ! लेख्न नदिन अड्डी कसेका थिए । अन्ततः ६/७ दिनसम्म पञ्च–भलाद्मीहरुको भेला बस्यो । र, अन्तमा सो भेलाले ढाक्रे अर्थात् रैतीहरुले पनि आप्mनो नामको पछाडि राई ! लेख्न पाए । मै हुँ भन्ने असली र ठूलो राईको हार भयो ! यसरी लालपूर्जा वा भनौं जग्गाधनी पूर्जासँगै ढाक्रे अर्थात् रैतीहरु पनि राई भए । यसरी लालपूर्जा वा भनौं जग्गाधनी पूर्जा बनाएर ढाक्रे अर्थात् रैतीहरुलाई वितरण गरेसँगै स्थानीयस्तरका राजासरह मानिएका राई, सुब्बा, मुखिया, देवान चौधराई/चौधरीहरुको शक्ति पनि खोसियो ।

त्यसरी राई, सुब्बा, मुखिया, चौधराईहरुको हातमा रहेको जग्गा–जमीन ढाक्रे अर्थात् रैतीहरुको नाममा लालपूर्जा बनाएर वितरण गर्न सुरु ग्र्यिो । यसरीे पछिल्लो समयमा असली किरातीहरुको पहिचान खासगरी खम्बुका सन्तानहरुको राई शब्दसँगै ओझेल परेको अवस्था छ । यसरी राईकरण, सुब्बाकरण, मुखियाकरण र देवानकरणले आपूm–आपूmबीचमै झै –झगडा र फुट पनि ल्याएको÷आएको छ । हुन त पछिल्लो समयमा मेत्नाहाङका सन्तान लिम्बु जो ‘सुब्बाकरण’मा परेका थिए, उनीहरुले आप्mनो जात ‘सुब्बा’ हो भनी लेख्न छाडीसके । केही लिम्बुले भने अझै पनि आपूmलाई सुब्बा भन्ने गरेको/लेख्ने गरेको पान्छ । त्यस्तै लाङलेवाका सन्तान सुनुवारले पनि आप्mनो जात ‘मुखिया’ हो भनी धेरै हदसम्म लेख्न छाडीसके । त्यसो त सुनुवार जातिमा अभैm पनि धेरै जसोले आपूmलाई राई ! हुँ/हो भन्ने गरेको नै पाइन्छ । त्यस्तै पल्लो किरात (लिम्बुवान क्षेत्र) र दार्जिलिङ/सिक्किमतिरकाले सुनुवारभन्दा पनि मुखिया भनी चिनाउने गर्छन् । उता मेवाहाङका सन्तान याक्खाले पनि धेरै हदसम्म आप्mनो जात ‘देवान’ हो भनी लेख्न छाडीसके । सुनुवार जातिमा जस्तै याक्खा जातिमा पनि अरु जातजातिसँग चिनजान गर्दा आपूmलाई याक्खाभन्दो पनि राई ! हुँ÷हो भनी चिनाउने याक्खाहरु धेरै नै भेटिन्छ ।

उता त्यही ‘देवानकरण’लाई नै जाति मानेर हिँड्ने याक्खाहरु पनि छन् । यसरी हेर्दा ‘राईकरण’लाई नै जातमा स्थापित गर्न लागि परेका राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई यो केही नजान्ने कुलुङे ढाक्रेको सुझाव छ, ‘–हामीले जानेर वा जानेर अथवा राई लेख्दा ठूलो होइन्छ भनेर जानाजान हामी आफै “राईकरण”मा परेको भए तापनि अब राईकण हुनबाट बचौं । किनभने, इतिहास हेर्दा राई र देवान नेपालको कुनै जात वा जाति नभएर शासकहरुले दिएको पदवी वा पगरी मात्रै हो भन्ने देखिन्छ । त्यसैले गर्दा जसरी कुलुङ समुदायका अगुवाहरुले आप्mनो असली जातीय स्वपहिचानमा लागेका छन्, त्यसमा अन्य किरातीहरुले पनि खासगरी खम्बुका सन्तानहरुले पनि वेला छँदै आफ्नो असली जातीय स्वपहिचानले चिनिनि लागि पर्नुपर्ने देखिन्छ ।

यसरी संभवतः विसं ०४६ को राजनैतिक परिवर्तनपछि खम्बुका धेरै सन्ताहरुमध्ये एक कुलुङ जातिका अगुवाहरुले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी ‘राई !’ पदवी वा पगरीलाई जातिको रुपमा लेख्न÷मान्न छाडौं ! भनी विसं २०५७/०५८ देखि जनवकालत र आन्दोलन गर्न सुरु गर्यो । यसरी ‘करण !’ मा परेका किरातीहरुमा पनि सबैभन्दा बढी खम्बुका सन्तानहरु देखिन्छ । जस्तै नाछिरिङ, खालिङ, कुलुङ, साम्पाङ, बाहिङ, जेरो आदि छन् । मेत्नाहाङका सन्तान लिम्बु जो ‘सुब्बाकरण’मा परेका थिए, उनीहरुलेआफ्नो जात ‘सुब्बा’ हो भनी लेख्न छाडीसके । त्यस्तै लाङलेवाका सन्तान सुनुवारले पनि आप्mनो जात ‘मुखिया’ हो भनी लेख्न छाडीसके । त्यस्तै मेवाहाङका सन्तान याक्खाले पनि आप्mनो जात ‘देवान’ हो भनी लेख्न छाडीसके भनी माथि नै उल्लेख भएको छ ।

सुरुमा कुलुङ जातिका अगुवाहरुले आफ्नो असली जातीय स्वपहिचानले चिनिन चाहान्छौं ! भनी आन्दोलन र जनवकालत थाल्दा धेरै मान्छेहरु नपत्याएर हाँसेको वा खिल्ली उडाएको अहिले जस्तो लाग्छ, यो पंक्तिकारलाई । तर, नेपाली उखान ‘कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ’ भने झै जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भने कुलुङ समुदायका अगुवाहरुले जो जति हाँसे पनि वा खिल्ली उडाए पनि जारी नै राखे ।

खासमा आदिवासी जनजातिमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायमा पनि आप्mनो अलग्गै जातीय स्वपहिचान स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन– २०५८ को दफा दुई (क) मा व्यवस्था भए अनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री/राज्यमन्त्री कहाँ सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरु भए ।
खम्बुका सन्तानहरु ठूलो (धेरै जना) र धेरै ठाऊँमा फैलिएको देखिन्छ । जस्तै बान्तावा (बुनतावा ः पानीको मूल) हालको भोजपुर (दिहाहाङ बाखा, छियाहाङ बाखा) क्षेत्र, चाम्लिङ …. थुलुङ (वाछाप्पा, वाछामा), खालिङ (ख्याल/खाल) दूधकोशी वारिका क्षेत्रहरुमा बसोबास गरी आफ्ना भाषा, संस्कृति, चालचलनहरु बसाए । त्यस्तै राताप्खू, खप (पिल्मो, सोत्तो), छेम्सी, ताम्सीका सन्तानहरु दूधकोशी पारि हुङ्गु (हुङ्वा) उपत्यका आसपास बसी एकै भाषा, एकै संस्कृति अपनाए । पछि गएर यी चार पूर्खाको सन्तानहरुको सामूहीक पहिचान नै कुलुङ बन्न/रहन गयो । उनीहरुको बसोवास क्षेत्रलाई हाल महा–कुलुङ (ग्रेटर कुलुङ) भनेर चिनिन्छ । अझ कुलुङ मातृभाषीहरु त यो भू–क्षेत्रलाई आफ्नो मातृभाषामा ‘मा कूलू’ मात्रै भन्छन् ।

अब हामी किरातीहरुले खासगरी खम्बुका सन्तानहरुले आफ्नो मातृभाषा, ऐतिहासिक भूगोल, मौलिक भेषभुषा, मौलिक चाडबाड, मौलिक धर्म, संस्कार, संस्कृति, रहनसहन, वंश, परम्परा छूः मतलव ! राईको नाममा जमात देखाउने हो, भीड देखाउने हो, राईको नाममा राजनीति गर्ने हो, राईको नाममा प्रपोजल हाल्ने हो, पैसो आए खाने हो नत्र … बन्ने हो भन्ने कि ? संख्या थोरै/सानै होस् (विसं २०६८ को जनगणनाअनुसार २ सय ६८ जना) । तर, आफ्नो मातृभाषा, ऐतिहासिक भूगोल, मौलिक भेषभुषा, मौलिक चाडबाड, मौलिक धर्म, संस्कार, संस्कृति, रहनसहन, वंश, परम्परा आदिसहितको जाति हौं भन्ने कि ? छूः मतलव ! राईको नाममा जमात देखाउने हो, भीड देखाउने हो, राईको नाममा राजनीति गर्ने हो राईको नाममा …विचार गरौं है राई जातिवाला राई सर राईनी म्याडमहरु !  आगे हजुरहरुको जो हुकुम, जो मर्जी !!!
थप केही बुभ्mन परेमा ः ०१४६२०२००, ९८६२४३६०४९, ९८४९९८५९९७ inamkirat123@gmail.com