Logo

नेकपा टोल कमिटी गठन वडा नं.५ दुर्छिममा तिब्र


– उषा तिवारी

खोटाङ, हलेसी तुवाचुङ नगरपालीका वडा नं.५ अन्र्तगत मयन्खुमा टोल कमिटी गठन गरिएको छ । मयङ्खु टोल कमिटिमा शन्तोष खड्काको अध्यक्षतामा १९ सदस्य समिति गठन गरिएको वडा कमिटी अध्यक्ष प्रदिप राईले बताउनु भयो ।

हलेसी नगरको टोल कमिटी गठन तिब्र अभियान भइरहेको समयमा यो तेसा्रे दिनमा ४ वटा टोल कमिटी र १ वटा सेल कमिटी गठन गरिएको अध्यक्ष राईले बताउनु भयो ।

टोल र सेल कटिमी गठन अभियान साविक ९ वटै वडाहरुमा यही भाद्र ११ गते सम्म गठन गरि सक्ने राईले बताए । टोल कमिटी गठन कार्यक्रममा ११५ जना जनसहभागीता रहेको सचिवालय सदस्य आमोद राईले बताउनु भयो ।

टोल कमिटी गठनमा जिल्ला सचिवालय सदस्य आमोद राई, जिल्ला कमिटी सदस्य मकर राई, वडा जनप्रतिनीधि रमेश तिवारी लगायत नगरकमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्