Logo

पूर्वमन्त्री किरातीको घरमा चाइनिज ताल्चा : भुँइमान्छेको घर भव्य !


  • दीपेन्द्र राई

सोलुखुम्बु । सल्लेरीबाट पैदल हिँडेर पावै पुगेका थियौं । त्यतिबेला अहिलेजस्तो गाडी गुड्दैनथे । सोलुखुम्बुको सल्लेरीबाट हिँडेर पावै पुग्न एक दिन लाग्छ । रिपोर्टिङ सकेर पुनः सल्लेरी फर्कने तर्खरमा थियौं ।

सञ्चारकर्मी पीटी लोप्चन र भोजेन्द्र बस्नेत बाटो छोट्ट्याउन चाहन्थे । पंक्तिकार भने पूर्वमन्त्रीको घर हेरेरै फर्कने पक्षमा थिए । पंक्तिकारको आग्रहलाई लोप्चन र बस्नेतले नाइँनास्ती गरेनन् ।

मन्त्रीको घर हेरेर फर्कने सहमतिमा पुगेका हामी पूर्वसस्कृति एवं राज्य पुनर्संरचनामन्त्री मन्त्री गोपाल किरातीको पुख्र्याैली घरतिर जाँदै थियौं । शिक्षक धनराज नाछिरिङ पथप्रदर्शकका रूपमा भेटिए । शिक्षक नाछिरिङले हामीलाई मन्त्री किरातीको घरसम्म पु¥याए ।

सर्वहारा मन्त्रीको घर कस्तो होला ? कति तले होला ? कस्तो घरमा उनी जन्मे होलान् ? खुल्दुली लागिरहेकै बेला मन्त्रीको घर पुग्यौं । मन्त्रीको घर मकैका बोटले छपक्कै छोपिएको थियो ।

मकैका बोटको तुलनामा मन्त्रीको घर बामपुड्के देखिन्थ्यो । दक्षिणपट्टि फर्केको मन्त्रीको घरको दुई ढोका थिए । ढोका खुलै थिए । ढोकाले ढोकाको काम गर्दैनथे । ढोकाको खापामात्रै बाँकी थिए । घरभित्र कोही नपसून् भनेर दुवैपट्टिको ढोकामा काठ ठड्याइएका थिए ।

दुवै ढोकामध्ये पूर्वपट्टिको ढोकामा चाइनिज ताल्चा झुन्डिएको थियो भने पश्चिमपट्टिको ढोकाको खापामा ‘खम्बुवान जिन्दावाद’ लेखिएको थियो ।

‘मकैका बोटको तुलनामा मन्त्रीको घर बामपुड्के देखिन्थ्यो । दक्षिणपट्टि फर्केको मन्त्रीको घरको दुई ढोका थिए । ढोका खुलै थिए । ढोकाले ढोकाको काम गर्दैनथे । ढोकाको खापामात्रै बाँकी थिए । घरभित्र कोही नपसून् भनेर दुवैपट्टिको ढोकामा काठ ठड्याइएका थिए ।’

एकतले घरको तलामाथिको दक्षिणपट्टि बीचभागको गारो भत्कँदै गएको थियो । घरको तलाको बीचभागमा ठूलो भ्वाङ परेको देखिन्थ्यो । घरको छानोको ढाड भाँच्चिएको थियो । छानोले घरलाई घामपानीबाट जोगाउन सकिरहेको थिएन । घरको अवस्था देख्दा स्याहार्न छाडेको थुप्र्रै भइसक्यो ।

स्थानीय हुनेखानेले पेलेर पापडजस्तै बनाएपछि पूर्वमन्त्री किराती टे«किङ मजदुरीमा हि“डेका थिए । त्यतैत्यतै राजनीतिमा संलग्न भए । सारा त्यागेर राजनीतिमा लागेका उनले आफ्नो घरमात्रै होइन, आफूजस्तैकाको मुक्तिका लागि घरबार त्यागेर राजनीतिमा लागे ।

मन्त्रीको घर हेरिसकेपछि सञ्चारकर्मी लोप्चन बोले, ‘राजनीतिमा लागेपछि मन्त्री किरातीजस्तो पो हुनुपर्छ । घरबार त्यागेर राष्ट्र बनाउने अभियानमा हिँडेका उनलाई राष्ट्र समुन्नत बन्यो भने त्यहाँभित्र बन्ने घर भरपर्दाे बन्नेछन् । मेरै घर पनि अहिलेको अवस्थाजस्तो हुने छैन ।’ सञ्चारकर्मी लोप्चनको बुझाइसँग बस्नेत र पंक्तिकारले सहमति जनायौं ।

संवत् २०६६ असार ३ गते हामीले देखेको पूर्वमन्त्री किरातीको घर त्यस्तै छ कि ढल्यो होला ?

मन्त्रीकी दिदीको घर पनि उस्तै

पूर्वमन्त्रीको घर हेरिसकेपछि बाटो लाग्यौं । साबिक देउसा गाउँ विकास समितिमा पर्ने बूढीडाँडा पुग्नु छ । पूर्वमन्त्री किरातीकी दिदी टीकाकुमारी राईको घर बाटैमा पर्ने रहेछ ।

दिदीको घर पुग्दा उनी मकैबारी पसेका बाँदर धपाउँदै थिइन् । बारीमा पसेको बाँदर धपाएपछि उनीसँग बात मार्न थाल्यौं । उनी खुलेर बात मार्न मानिनन् ।

‘दिदीको घर पुग्दा उनी मकैबारी पसेका बाँदर धपाउँदै थिइन् । बारीमा पसेको बाँदर धपाएपछि उनीसँग बात मार्न थाल्यौं । उनी खुलेर बात मार्न मानिनन् । भाइ सभासद्, मन्त्री भएको सुन्दा आफू तीनछक परेको सुनाइन् । ‘भाइ मन्त्री बनेको सुन्दा त विश्वास गर्नै सकिनँ,’ दिदीको भनाइ थियो, ‘गरिबको छोरा मन्त्री कसरी भयो होला र ? रेडियोमै समाचार सुनेपछि पत्याएँ ।’

भाइ सभासद्, मन्त्री भएको सुन्दा आफू तीनछक परेको सुनाइन् । ‘भाइ मन्त्री बनेको सुन्दा त विश्वास गर्नै सकिनँ,’ दिदीको भनाइ थियो, ‘गरिबको छोरा मन्त्री कसरी भयो होला र ? रेडियोमै समाचार सुनेपछि पत्याएँ ।’

दिदीको घर पनि भाइको भन्दा गतिलो थिएन । भाइको घर सम्म परेको जग्गामा थियो । दिदीको घर भिरालो–भिरालोमा छ । अलि एकान्तमा पनि । जंगलबीचमा रहेकाले बाँदरले त्यत्तिकै दुःख दिँदारहेछन् ।

टीकासरी राईहरूका छाप्रो र हुनेखानेका घर तथा महलले गर्ने काम एउटै हुन्छ । घर भनेको घामपानीबाट ओत लाग्नु न हो । गोरखा भूकम्पमा मुलुकभरिका घर तथा महल कति क्षत–विक्षत भए । गोरखा भूकम्पले टीकासरी राईको घरमा क्षति पु¥यायो कि पु¥याएन होला ? पूर्वमन्त्री गोपाल किरातीलाई सोध्छु भनेको थुप्रै भइसक्यो । तर, कहिल्यै साइत जुरेन ।

भुँइमान्छेको भव्यघर

बूढीडाँडा चढ्दा झमक्क साँझ प¥यो । बास बस्यौं । भोलि बिहानै तुलबहादुर विश्वकर्माको घर झर्ने पक्कापक्की भयो । साबिक देउसा–६ निवासी तुलबहादुर विश्वकर्माको भव्य घर देख्दा कम्ती खुसी लागेन । मन्त्री, मन्त्रीकी दिदीभन्दा विश्वकर्माको घर भव्य देखिन्थ्यो ।

एकताका उनको घर घरजस्तो थिएन । घामपानीबाट ओतिन त्यत्तिकै समस्या थियो । त्यो घरमा पाहुना आउँदा भात खानसमेत पालो मिलाउनुपथ्र्यो । ‘कतिपय अवस्थामा पाहुनालाई आरानमा समेत सुताएको थिएँ,’ उनले खुसी व्यक्त गरे, ‘हिजोआज त्यस्तो समस्या छैन ।’

‘शुभकार्यमा सहभागी हुन्नँ भन्ने कोही भेटिएनन् । तात्कालिक प्रौढशिक्षा सहजकर्ता राजकुमारी राईले भनिन्, ‘कसैले ढुंगा फुटाउन सघाए । कसैले बोक्न । कसैले काठ काट्न सघाए । कसैले बोक्न । घरको छानो छाउन सघाउँछु भन्नेहरू पनि त्यत्तिकै निक्ले ।’

प्रौढशिक्षा पढ्नेले उनलाई घर बनाइदिएका रहेछन् । उनको दुःख देख्न नसकेपछि प्रौढशिक्षा पढ्नेले घर बनाइदिने योजना बनाए । प्रौढशिक्षा सहजकर्ता तथा गाउँलेलाई योजना सुनाइयो । योजना सुनेपछि स्थानीयले समेत साथ दिए ।

शुभकार्यमा सहभागी हुन्नँ भन्ने कोही भेटिएनन् । तात्कालिक प्रौढशिक्षा सहजकर्ता राजकुमारी राईले भनिन्, ‘कसैले ढुंगा फुटाउन सघाए । कसैले बोक्न । कसैले काठ काट्न सघाए । कसैले बोक्न । घरको छानो छाउन सघाउँछु भन्नेहरू पनि त्यत्तिकै निक्ले ।’

त्यतिबेला प्रौढशिक्षा पढ्नेले प्रतिव्यक्ति ७५ रुपैयाँ संकलन गरेका थिए । स्थानीय मनकारीबाट पनि रुपैयाँ संकलन भयो । श्रमदानबाहेक सात हजार रुपैयाँ संकलन भयो । संकलित रुपैयाँ घरको गारो लगाउने कर्मीका लागि खर्चिएको साबिक देउसा–७ का ल्हाक्पामान राईले जानकारी गराए ।

उहिले ६० रुपैयाँमा बनेको विश्वकर्माको भत्कँदै गएको पुरानो घर भत्काएर त्यही ठाउँमा नयाँ घर बनाइएको रहेछ । साबिक देउसा–४ का पुत्रमान राईले थपे, ‘यत्तिको घर बनाउन चालीस हजारले पनि भ्याउँदैन ।’

श्रवण शक्ति कम भएको विश्वकर्माले गाउँभरिकाको फलामको काम गरिदिन्छन् । उनको घर बनाउन स्थानीय सुनाधन राईको योगदान त्यत्तिकै रहेछ ।

भारतीय सेनाबाट अवकाशप्राप्त राईले गर्व गरे, ‘गाउँभरिकाको फलामको काम गर्ने उनै हुन् । झरी परेको समय तुलबहादुरको परिवार कसरी ओत लाग्यो होला नि भनेर पीर लाग्थ्यो । उनी र उनको परिवार घरजस्तो घरमा बस्न पाएकोमा साह्रै खुसी लागेको छ ।’

तुलबहादुर विश्वकर्मालाई सोधखोज गर्दै उनको घर पुग्दा आरानमा काम गरिरहेको भेटिए । उनी घरजस्तो घरमा बस्न पाएकोमा कम्ती खुसी रहेनछन् ।

खुसीभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन । भुँइमान्छेको खुसी देख्दा सञ्चारकर्मी बस्नेत उत्तिकै पुलकित देखिन्थे । खुसीमापक यन्त्र आविष्कार हुँदो हो त पंत्तिकारले नापिहाल्थे ।

(सबै तस्बिर: दीपेन्द्र राई, नागरिक खबरबाट )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्