Logo

ट्रक र एम्बुलेन्स आपसमा ठोक्किँदा १ को मृत्यु ६ जना घाइते


मोरङको सुन्दर हरैचा नगर पालिका–७ मा गएराति ट्रक र एम्बुलेन्स आपसमा ठोक्किँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

इलामको इलाम नगरपालिका–२ का २१ बर्षीय रमेश निरौलाको घटना स्थलमै मृत्यु भएको हो । एम्बुलेन्समा सवार ६ जना भने घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि घोपा स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१च २००३ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट जाँदै गरेको ना५ख १९२५ नम्बरको ट्रक गएराति १ बजे आपसमा ठोकिएका थिए । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्