Logo

सोलुखुम्बुका रामकुमार राईको खुट्टाको घाउ पछि दुवै मृगौला फेल : सहयोगको अपिल


काठमाडौं – सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका वडा न .६ स्थाई घर भएका रामकुमार राईको दुवै मृगौला फेल भएको छ । दुई साता अघि खेतमा काम गरिने क्रममा खुट्टामा सानो चोटपटक लगेको र गाउँको मेडिकलमा उपचार गर्दा झनै घाउ फैलिएर उपचार हुन नसक्दा काठमाडौं रिफर गरिएको थियोे ।

रामकुमार राईलाई थप उपचारका लागि काठमाडौं स्थित किर्तिपुर हस्पिटलमा भर्ना गराएर चेकजाँच गर्दा दुवै मृगौला फेलको रिपोर्ट आउदा परिवारमा जान समस्या थापेको छ । पारिवारिक अवस्था निकै कमजोर भएका राईका उपचारमा समस्या देखा परेको बिरामीको जेठान दिलिप राईले बताए ।

अहिले डाक्टरको सल्लाह अनुसार उनको दुवै मृगौला प्रत्यारोपण गर्नु पर्ने र खुट्टाको घाउ भने निको हुनुको साटो झन घाउ पाकेर खुट्टा नै काटिनु पर्ने स्थिति भएको बताउनु भयो। खुट्टाको घाउ पाक्ने समस्या पछि दुवै मृगौला फेल भईदियो । अब कसरी उपचार गर्ने ? भन्ने परिवारमा चिन्ता बढेको छ ।

केही महिना अघि मात्र मलेसियाबाट नेपाल फर्किएको रामकुमार राई मलेसियामा पनि कमाई भने खासै नभएको कारण नेपाल फर्केको थियो । उनको परिवारमा अहिले एक छोरी र श्रीमती रहेको छ। श्रीमती भने गर्भवती रहेको छिन् । कमाएर ल्याउनु पर्ने श्रीमन नै मृत्यु सँग लडिरहदा चरम अर्थिक अभावका कारण उपचार गर्न निकै कठिनाइ भएको श्रीमती सुस्मिता राईले तेमाल खबरलाई बताउनु भयो।

सबैले सहयोग गरिदिनका लागि उनले अपील पनि गरेका छन् । आर्थिक सहयोग गर्नको लागि तलाको सम्पर्क नम्बरमा फोन गर्न सक्नुहुन्छ र बैंक खाता नम्बरमा रकम जम्म गर्न सक्नुहुनेछ ।

बिरामीको जेठान दिलिप राई
मोबाइल न. :- 009779818432493

बिरामीको मामा भारत राई
मोबाइल न. :- 009779818432493

बैंक खाता न.01400800096813000001
त्रिवेणि बिकास बैंक लिमिटेड

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्