Logo

खडेरी, झरी र वाडी पैरोको समस्या सम्बोधन गर्न माननीयहरुकोसाथ


– मान्सुङ चाम्लिङ

खोटाङ जिल्लाकै इतिहासमा खडेरी ऐतिहासिक कहाली लाग्दो २०७६ सालमा पर्यो । सुक्खा क्षेत्र हलेसी क्षेत्रमा पाका र पूर्खाहरुले समेत याद नगरेको नभएको यसपटक खडेरी, झरी अनि वाडी पैरो हलेसी क्षेत्रले वेहार्नु पर्यो । भाद्र महिना मकै वाली उकेर्ने समयमा वाली उर्केन त के यसपटक बेंसीको गाउँहरुमा दुईपटक मकै लगायतको अन्नहरु छर्दा बोट समेत उम्रन सकेन । तै पनि ८०% त्यही खेतीको भरमा जीवन निर्वाह गरेर बाँच्नुपर्ने किसानहरुमा कुनै निरासा छैन । आफुमा हिम्मतका साथ सोही गाउँहरुमा नेकपा टोल, सेल कमिटी गठन निर्माणमा तिब्र रुपमा लागीरहेका छन् । इतिहासमा नेकपा एकतासँगै जस्तोसुकै भोकमरीको अवस्था आएता पनि नेकपा सरकारले यसलाई व्यवस्थापन गर्ने जनताहरु आसमा छन् ।

सोही पार्टीको कार्यकर्ताको रुपमा रहेर काम गर्न तथा गाउँ भोकमरीको अवस्था पुग्ने अवस्थामा समेत ढुक्क छन् । यस हलेसी तुवाचुङ नगरपालीकाको भोकमरीको समस्यालाई सम्बोधन गर्न सम्बन्धित सांसदहरु संघिय मन्त्रालयमा खोटाङ जिल्लाका संघिय सांसद माननीय विशाल भट्टराई, प्रदेश सरकारमा प्रदेश माननीयज्यूहरु रामकुमार राई, राजन राई, उषाकला राई सामूहिक रुपमा तथा आ–आफ्नो समन्वयमा अन्य टिमहरुसँग पटक पटक सबैजना मन्त्रालयहरुमा गएर ध्याकर्षण गराउनु भएको छ ।

यसको साथै हलेसी नगरको समस्या परेको टोलहरुमा माननीय राजन राई स्थलगत अवलोकन गरेर प्रदेश सरकारको संसदमा समेत ध्यानकर्षण गराउनु भएको छ । संघिय सरकार र प्रदेश सरकारबाट आवश्यक राहतको व्यवस्थापन गर्न अगाडी बढीरहेको पनि प्रदेश सांसद माननीय राजनराईले बताउनु भयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्