Logo

नेका, संघियबाट नेकपामा प्रवेश, ७७ जिल्ला मध्ये खोटाङ अगाडी, नेकपा एकता


– मान्सुङ चाम्लिङ

नेकपा केन्द्रिय विभाग लगायतको जिम्मेवारी एकता हुँदै गर्दा ७७ जिल्लाहरुमध्ये केही जिल्लाहरुमा जिल्ला कमिटी समेत एकता हुन बाँकी रहँदा खोटाङ जिल्लाको भने टोल कमिटीहरु समेत एकता प्रक्रिया तिब्र रुपमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालीकाको टोल कमिटीहरु तिब्र रुपमा एकता र संगठन निर्माण रहेको जिल्ला कमिटी सचिवालय सदस्य हस्तबहादुर राई आमोदले बताए ।

 

संघिय पार्टीबाट नगर कमिटी सदस्य सुजन राई, नेपाली कांग्रेसका ३ जना तिजेन्द्र राई, हिङ्गराज राई र नरेन्द्र राई नेकपामा प्रवेश गरेका छन् । काचपात्ला टोलमा मर्निङ राईको अध्यक्षतामा १९ सदस्य टोल कमिटी गठन गरिएको दुर्छिम अध्यक्ष प्रदिप राईले बताए । साथै पायुङमा गाउँमा ९ सदस्य सेल कमिटि गठन गरिएको दुर्छिम सचिव भविन्द्र राईले बताए । पायुङमामा इन्द्र बहादुर राउत नेपाली कांग्रेसबाट नेकपामा प्रवेस भई सेल कमिटी अध्यक्षको पद जिम्मेवारी लिनु भएको अध्यक्ष प्रदिप राईले बताउनु भयो ।

नगरको वडा नं.५ दुर्छिमको होइदेमा भाद्र ४ गते रबिधन राईको अध्यक्षता १९ सदस्य टोल कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य मकर राईले बताउनु भयो ।

ओडारे लाहाटुङ कोदोबारमा सिंह राजराईको अध्यक्षतामा १९ सदस्य टोल कमिटी गठन गरिएको दुर्छिम वडा नं.५ पार्टी अध्यक्ष प्रदिप राईले बताए ।

नगरको टोलकमिटीहरु गठन अगाडी बढीरहेको नगर सदस्य तामन राईले बताए । जसमा नगरको वडा नं.१० अर्खोलेमा आगामी शनिवार भाद्र ७ गते गठन गरिने नगर सचिवालय सदस्य सर्वधन राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्