लेजेण्ड हिरो अस्ताए : वरिष्ठ निर्देशक किशोर राना मगरको निधन
काठमाडौं, ४ भदौ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित हुँदै आएका नेपालको सिने जगतको वरिष्ठ निर्देशक किशोर राना मगरको निधन भएको छ ।
चलचित्र करोडपति, राँको, एक नम्बरको पाखे, कान्छी, बन्धकी जस्ता कैंयौ सफल चलचित्र दिएका निर्देशक राना मगर लमजुङको घले मगर राज्यलाई गोरखाको राजा द्रब्य शाहले षणयन्त्रपूर्वक लडाई गरि आफ्नो राज्य बिस्तार गरेको सम्बन्धि एतिहासिक चलचित्र सीमारेखा निर्माण गरेर अझ सफल वरिष्ठ निर्देशकको रुपमा परिचित गराएका थिए ।
पछिल्लो समय चलचित्र प्रतिबिम्ब निर्माणको क्रममा निर्देशक रानामा स्वास्थ्थ समस्या देखा परेको थियो । मृगौलामा समस्या देखा परेपछि उहाँले भारतको बैंगलोरमा गई २ पटक डाईलिसिस भएको थियो । त्यसपछि फेरि निमोनियाले ग्रसित भई पुन दुवै मृगौलामा खराबी आएको थियो जसले गर्दा बिगत पाँच महिनादेखि उहाँ नियमित डाईलिसिस गर्दै आएका थिए । दुबै मृगौला काम नलाग्ने भएपछि छिट्टै मृगौला प्रत्यारोपणको प्रयास भएको थियो । श्रीमानको चलचित्र निर्माणको चाहानालाई सक्दो साथ सहयोग र हौसला दिदै चलचित्र निर्माणमा फर्काउने कुरा उहाँको धर्मपत्नी गायिका संगीता राना प्रधानको सपना अधुरै रहेको छ ।
उमेर र कामको क्रममा आफ्नो स्वास्थ्थ भन्दा कामलाई बढी चासो दिएकाले आज यो अवस्था भोग्नु परेको बताउंदै धर्मपत्नी संगीता राना प्रधानले बताइन् ।