Logo

मृगौला पिडित कन्चना राईलाई सहयोग रकम हस्तान्तरण (भिडियो सहित)


शान्ती शङ्घर्ष

मृगौला पिडित कन्चना राई सानो बच्चाको लागी सहयोगी मनहरुबाट उठेको रकम एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । मृगौला पिडित राईलाई सहयोग रकम हस्तान्तरण उनको बाबाको हातमा गरिएको छ ।

भोजपुरका थामडाडा युबा क्लबकले संकलन गरेको रु १ लाख २ हजार २५ रुपैया पिडित राईलाई आज प्रदान गरिएको हो । भोजपुर्, काठमाण्डौ र युकेमा संकलन गरिएको उक्त सहयोग रकम आज काठमान्डौमा प्रदान गरिएको हो ।

सहयोगी मनहरुबाट संकलन गरेको सहयोग रकम कन्चनाको परिवारलाई हस्तान्तरण गरिएको क्लबको उपाध्यक्ष किरण राईले जानकारी दिए । सहयोग रकम बुझ्दै कन्चनाकी बुवाले खुसी ब्यक्त गर्दै आफ्नो छोरीको ज्यान बचाउन सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यो सङ्गै पहिलो चरणको कार्यक्रमको सकिएको र दोश्रो चरणको सहयोग अभियान थालिएको कुरा अभियानको सल्लाहाकार युबा संगीतकर्मी तथा राजनितिज्ञ आश कुमार राईले बताए । बाकी कुरा लिन्क क्लिक गरी भिडियोमा हेर्नुस ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्