Logo

चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता लारीकिङले ८५ वर्षको उमेरमा सम्बन्ध विच्छेदको गर्दै


लस एन्जेल्स । चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता लारीकिङले ८५ वर्षको उमेरमा आफ्नी सातौं पत्नीसँग सम्बन्ध विच्छेदको निवेदन दिएका छन् ।  सातौं पत्नी शन किङसँग उनले २२ वर्ष अघि विवाह गरेका थिए । उनले सम्बन्ध विच्छेदका लागि मंगलबार लस एन्जेल्सस्थित उच्च अदालतमा निवेदन दिएका थिए । उनकी पत्नी पनि चर्चित गायिका हुन् । उनीहरु दुवैले सन् २०१०मा पनि सम्बन्ध विच्छेदको प्रयास गरेकोमा पछि मिलेका थिए ।

लारीले विभिन्न ८ पटक गरेर सात जना महिलासँग विवाह गरेका थिए । उनका ५ जना छोराछोरी रहेका छन् । उनले अलेन अकिन्स नामकी महिलासँग दुइृ पटक विवाह गरेर छोडेका थिए । उनलाई पछिल्ला दिनमा स्वास्थ्य सम्बन्धी केही जटिल समश्या रहेको जनाइएको छ । (एपी)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्