रुपन्देहीको कान्छी बजारमा आगलागी, आगलागीबाट ठुलो परिणम्मा क्षति
रुपन्देहीको तिलोत्तमा नगरपालिका कान्छी बजारको एक पसलमा आगलागी भएको छ । स्थानीय गोपाल अर्यालको थोक किराना पसलमा गएराति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट करिब ८० लाख रुपैयाँको क्षति भएको अनुमान छ ।
पसल बन्द गरेर घरमा गएको अवस्थामा भएको आगलागीबाट पसलमा राखिएका दैनिक उपभोग्य लगायतका सामान जलेर नष्ट भएका छन् ।
तिलोत्तमा, बुटवल र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीको कारण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले बताए ।