Logo

पारस शाहले माफी माग्दै भने ‘छोराहरुको अनुहारमा प्रहरीको डन्डा देखेपछि सहन नसकेको’


पूर्व युवराज पारस शाहले गएको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाप्रति क्षमायाचना गरेका छन् । उनले गएराति सामाजिक सञ्जाल फेसबुक मार्फत् क्षमायाचना गरेका हुन् । आफूले  गरेको काम जनता समक्ष भन्नु जरुरी रहेको उल्लेख गर्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएको र छोराहरुको अनुहारमा प्रहरीको डन्डा देखेपछि सहन नसकेको उल्लेख गरेका छन् ।

त्यसका लागि सम्बद्ध पक्षसँग  ‘क्षमायाचना गर्न चाहन्छु’ भन्दै पारसले आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भएपनि त्यसै गर्ने समेत जनाएका छन् । उनले बाँकी कुरा नेपाली जनतालाई नै निर्णयका लागि आफूले छोड्ने समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आइतबार उनले प्रहरीलाई विमानस्थलमा धकेलेको भिडियो सार्वजनिक भएको थियो । सो घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताइएकै बेलामा पारसले मध्यरातमा सामाजिक सञ्जाल मार्फत् क्षमायाचना गरेका हुन् ।

पारस निकट रहेका शिवसेना नेपाल काठमाडौंका अध्यक्ष अनिल बस्नेतले पनि पारश शाहले फेसबुकमार्फत विमानस्थलमा भएको घटना विवरण सार्वजनिक गरेको बताए ।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्