Logo

दिन २ गुणा रात चौगुना नेकपा टोल र सेल कमिटीको विस्तार


– प्रभा बस्नेत

देश नै कम्युनिष्टमय भइरहँदा अझ यसलाई मजवुत बनाउन संगठन विस्तारको आवश्यक भएको हुनाले खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालीका वडा नं.७ को माल्कुमा टोल कमिटी एकता तथा गठन गरिएको छ ।

शिव केसिकोे अध्यक्षतामा २५ सदस्य कमिटी गन गरिएको नगर कमिटी सदस्य निराजमान वस्नेतले बताउनु भयो । केन्द्रिय स्तरमा विभिन्न विभागहरुको जिम्मेवारीहरु पार्टीले दिने निर्णयका साथ राष्ट्रिय स्तरमा नै एकता र संगठन विस्तार भइरहेको वेला टोल टोलमा पनि सै गाउँहरुमा संगठन दिन दुईगुणा र रात चौगुणा विस्तार भइरहेको छ ।

नेपाल अतिकम विकसित देश भएको हुनाले यहाँका जनताहरु पनि कम्युनिष्ट दुईहाई छन् । तर कम्युनिष्ट पार्टीहरुले विगतका दिनहरुमा एकहुन नसक्दा पार्टीको संगठनमा केही कम्जोरी रहेको थियो । विगतको ७० वर्षे लामो अनुभवले कम्युनिष्ट एकता र संगठन वितास्तारको विकल्प नभएकोले सोही अनुरुप संगठन तिब्र भइरहेको वडा अध्यक्ष चइन्द्र राईले बताए ।

हलेसी तुवाचुङ नगरको सबै वडाहरुको टोल स्तरिय पार्टी कमिटी गठन अनुरुप हलेसीमा आधा सकिएको नगर सचिव गोपा दाहालले बताए । अब अन्य वडाको टोलहरुमा पनि तिब्र रुपमा टोल कमिटी एकता र संगठन विस्तार गरिने दाहालले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्