Logo

गाउँ घरमा हल्ला छ, नेकपा कमिटीमा बस्ने हरेक जनताको सल्ला छ


– दीपा चाम्लिङ

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय संगठन विभागहरुले पुर्णता पाउँदै गर्दा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरकोको वडा स्तरको टोल कमिटीहरुको एकता र संगठन निर्माण तिब्र छ । नगर कमिटी वडा नं.७ अन्र्तगत काभ्रे, ऐसेलूखर्क हुँदै आज महादेवस्थानको टोल कमिटी गठन सम्पन्न भएको छ । राज्य अतिकमविकसित राष्ट्र भएकोले अब विकासोन्खमुलक बनाउन सबैभन्दा पहिल राजनीतिक स्थिरता आवश्यक हुनेहुनाले, राजनीतिक स्थिरताको लागी पार्टी संगठनको नितान्त आवश्यक पर्दछ ।

सोही अनुरुप नेपालको कम्युनिष्ट पार्टीहरु एकताको क्रममा टोलहरुमा एकता सम्पन्न भइरहँदा जनताहरुमा आसा मात्र होइन नै खुशी नै छाएको छ । जसको परिणाम हरेक जनताहरु अब भोटरस मात्र होइन पार्टीको कमिटीमा नै रहेर देश विकास निर्माण लागी प्रविद्धता गर्दै जोसका साथ अगाडी बढीरहेको वडा पार्टी अध्यक्ष सुरेस राईले बताए ।

यस टोल कमिटीको अध्यक्षमा पुष्प बस्नेत, सचिव टिसन राई लगायत २९ जनाको कमिटी गठन गरिएको बस्नेतले बताए । यस वडाको बाँकी टोलहरुमा निरन्तर रुपमा टोल कमिटी अगाडी बढ्ने नगर कमिटी सचिवलाय सदस्य सर्वधन बस्नेतले बताए । कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु लगायत जननिर्वाचित प्रतिनीधिहरुको पनि उपस्थिति रहेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्