Logo

हलेसी तुवाचुङमा नेकपा टोलकमिटी गठन तिब्र


मान्सुङ चाम्लिङ

जनसंख्या र आस्थाको हिसाबले जन्मजात कम्युनिष्टहरुको वाहुल्य रहेको हलेसी तुवाचुङ नगरपालीकामा धेरै कम्युनिष्ट पार्टीहरुमा विभाजनहुँदा हार्नु परेको पिडा ताजै सामाना गर्नु परिरहेको छ । त्यति मात्र होइन देश नै अनिर्णयको वन्दितिर गइरहेकोले कम्युनिष्ट पार्टीहरुको एकतासँगै जिल्ला स्तरमा एकता भएपश्चात यस नगरको सबै वडा स्तरमा असार २२ गते एकता र संगन निर्माण सम्पन्न भइसकेको छ ।

 

असार २४ गते सम्पन्न नगरकमिटीको वैठकले भाद्र महिना भित्रमा टोल स्तरिय कमिटीहरु एकता तथा गठन गरिसक्ने निर्णय गरिए अनुसार नगर कमिटी वडा नं.७ महादेवस्थानको टोलहरुमा तिब्र रुपमा कमिटीहरु गठन भइरहेको नगरकमिटी सचिवलाय सदस्य सर्वधन वस्नेतले बताए । कार्यतालिका अनुसार काभ्रेमा ३० गते श्रावण, ३१ गते ऐसेलुखर्क र ३२ गत महादेवस्थान गरिने नगर कमिटी सचिव गोपाल दाहालले बताए ।

टोल कमिटीमा बादल राईको अध्यक्षतामा २५ सदस्य कमिटी गठन गरिएको छ । कार्यक्रममा स्थानिय जिल्ला सचिवलाय सदस्य तथा वडा अध्यक्ष चइन्द्र राई, सचिवालय सदस्य शुक्र विक, समर भुजेल, जिल्ला कमिटी सदस्य ज्ञान भुजेल, नगर कमिटीका प्रकाश चन्द्र गिरी जनप्रतिनीधि निराजमान वस्नेत, वडा कमिटी पार्टी अध्यक्ष सुरेश राई उपस्थित हुनु भएको सर्वधन वस्नेतले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्