Logo

शालिकराम पुडासैनीले न्याय पाउनैपर्छ भन्दै स्वतन्त्र युवा समूहले चितवनमा गरे प्रदर्शन


प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो ।

‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्रेको छ । उनीहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्