नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय पहिचान समुहवीच बार्ता र सहमति गरी सैद्धान्तिक आधारमा संगठनात्मक एकता
-शान्ती सङ्घर्ष
नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय पहिचान समुहवीच बार्ता र सहमति गरी आज संयुक्त कार्यक्रकमद्वारा सैद्धान्तिक आधारमा संगठनात्मक एकताको निर्णय गरेको छ । सम्पूर्ण माओवादी कम्युनिष्टहरु र देशभक्त क्रान्तिकारीहरुको एकता तथा ध्रुवीकरणद्वारा धर्मनिरपेक्षता र गणतन्त्र लगायत महान जनयुद्धका उपलब्धीहरुको संस्थागत विकास एवं राष्ट्रियता, जनवाद र जनजीविकाको सार्वभौम सवालवारे संविधानका जघन्य कमजोरी सच्याउन सर्वहारावर्गको नेतृत्वमा महान जनविद्रोहको कार्यदिशा अपरिहार्य रहेको बताउदै आज एक कार्यक्रम गरेको थियो ।
राज्य खम्बू संयोजक, राष्ट्रिय पहिचान पक्षधर समूह र गोपाल किराती अध्यक्ष, नेकपा (माओवादी केन्द्र)द्वारा हस्ताक्षर गरिएको प्रेस बिज्ञाप्तिमा विचारधारात्मक तथा राजनीतिक कार्यदिशावारे स्पष्ट हुँदै ‘विश्वदृष्टिकोणमा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद र पथप्रर्दशक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद–माओवादप्रति दृढ प्रतिवद्ध रहदै यसको रक्षा, विकास र प्रयोगमा जोड दिइनेछ । नेपाली विशिष्टताको माक्र्सवादको विकासमा विशेष जोड दिइनेछ ।’
साथै अझ थप्दै ‘राजनीतिक कार्यदिशामा देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचानसहितको जनवाद र उत्पादनमुखी अर्थतन्त्र आधारित जनजीविकाको कार्यभारसहितको समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा हुनेछ । आवश्यक अध्ययन अनुशन्धान बढाउदै आगामी महाधिवेशनमा राजनीतिक कार्यदिशावारे आवश्यक संश्लेषणको मार्ग प्रशस्त गरिनेछ ।’
हताक्षर गरिएको बिज्ञाप्तिमा भनिएको छ, ‘वर्गसंघर्षको सामरिक कार्यदिशामा महान जनविद्रोहको रणनीति हासिल गर्न शान्तिपूर्ण एवं मुख्यतः सडक आन्दोलन हुदै निर्वाचन उपयोगको कार्यनीति अख्तियार गरिनेछ । साथै वाह्य साम्राज्यवाद तथा विस्तारवाद विरुद्ध देशभक्तिपूर्ण प्रतिरोध क्रान्ति उठाउदै अर्थ–राजनीतिमा दलाल तथा नोकरशाही पुँजीवाद र सत्तासंरचनामा गोर्खाली अन्धराष्ट्रवाद विरुद्ध महान जनविद्रोहको रणनीतिमा उत्पीडित वर्ग, जाति, क्षेत्र, महिलाको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्यभार सम्पन्न गरिनेछ ।’
प्रेस बिज्ञाप्तिमा विचारधारात्मक तथा राजनीतिक कार्यदिशावारे स्पष्टा हुँदै अन्तमा भनिएको छ, ‘देशभक्त पहिचान पक्षधरहरु र सम्र्पूण माओवादी शक्तिवीच एकता पहल बढाउदै नेपालको बाह्य तथा आन्तरिक राष्ट्रिय मुक्ति आन्दोलनवीच वैज्ञानिक समायोजनद्वारा नेपाली क्रान्ति सम्पन्न गर्ने दृढ संकल्प गर्दछौ ।’
नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय पहिचान समुहवीच बार्ता र सहमति गरी संगठन वारे पनि थप जिम्मेवारी तोकिएको छ । एल. एस. सुब्बा नेकपा (माओवादी केन्द्र) केन्दीय समिति सल्लाहकारमा रहने । त्यस्तै गरी राष्ट्रिय पहिचान समुहका संयोजक क. राज्य खम्बू पार्टीको संघीय परिषद सदस्य एवं वाईसीएल नेपालको केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज रहने । साथै वाइसीएल र जनवर्गीय संगठनतर्फ निम्न अनुसार निम्न कमरेडहरुको जिम्मेवारी हुनेछ ः
१. पदम अधिकारी– वाइसीएल केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ सहइन्चार्ज ।
२. मनवीर राई (सन्तोष)– वाइसीएल केन्द्रीय सचिवालय सदस्य तथा धनकुटा इन्चार्ज ।
३. सन्देश राई– वाइसीएल केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर संयोजक ।
४. प्रमोद लामा– वाइसीएल केन्द्रीय सचिवालय सदस्य तथा धादिङ इन्चार्ज ।
५. राम तामाङ– वाइसीएल केन्द्रीय सदस्य तथा नुवाकोट संयोजक ।
६. नवीन राई– वाइसीएल केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज ।
७. राज तामाङ– वाइसीएल केन्द्रीय सदस्य, धादिङ ।
८. जेनी शेर्पा– अनेमसंघ (क्रान्तिकारी)
९. मनिषा राई– सास्कृतिक मोर्चा ।
१०. बिक्की लामा– भक्तपुर जिल्ला वाईसीएल सहइन्चार्ज
११. सम्झना लामा– अनेमसंघ (क्रान्तिकारी)
१२. विजय लामा
१३. अतित ठकुरी
१४. आशिष राजवंशी
१५. विकास तामाङ
१६. सुजन थापा मगर
१७. रुपक राई
१८. विक्रम तामाङ
१९. निशान मगर
२०. विजय तामाङ
२१. आमोद पुरी