सडक भट्काउनेलाई वडाअध्यक्षको सर्मथन

Breaking News समाचार

– मिना राई

स्थानियतहको सरकार निर्माणसँगै गाउँ गाउँमा ग्रामिण सडक तिब्र रुपमा विस्तार भएको छ । सोही अनुरुप हलेसी तुवाचुङ नगरपालीका वडा नं.८ धितुङमा समेत सडक विस्तार गरिएको छ । जसमा आर्थिक वर्ष २०७५/०७६ को बजेट रु.१०,००,०००। (अक्षेरुपी दशलाख मात्र) “हलेसी धितुङ रेग्मिटार सडक” सम्पन्न भएको थियो ।

सडक बनिसके पश्चात जुनसुकै सडक भएपनि साझा हुन्छ । चाहे व्यक्तिगत जग्गा नै किन नपरोस । तर यो सडकबाट भलवाडी आएको नाममा भिमबहादुर कटुवाल र अमृत कटुवालले त्यो भलवाडी आउनेलाई व्यवस्थापन गर्नको सट्टा सडक नै भत्काए छन् । यसरी छिमेकी जिल्लाहरु जोड्ने सडक भत्काएको देखेर किन भत्काएको भन्दा सोही वडा नं.८ का वडा अध्यक्ष पृथ्वीराज राईले तेरो बोल्ने अधिकार छैन भन्दै, हतकडी लगाएर चौकीमा थुन्न ठाडो आदेश दिएको स्थानिय अमिन राईले बताए ।

हालसम्म पनि उक्त सडक भत्किएकै अवस्थामा छ । वडा अध्यक्षको हैसियतले सामाजिक र सार्वजनिक विकासको कामलाई व्यवस्थापन गर्नुपर्नेमा विगार गर्नेहरुलाई नै थप प्रोत्साहन गरिएकोमा आपत्ति जनाउँदै आवश्यक कारवाहीको लागी सम्बन्धित निकायमा निवदेन पेश गरिएको राईले बताए । जनप्रतिनीधि भन्दैमा गलत कार्यलाई सहयोग गर्न नमिल्ने हुनाले यस्ता कार्यले त्यससमाजलाई मात्र असर होइन, जनप्रनीधि भनेर सम्बोधन गर्न नै लाज हुने उहाँको प्रस्तुतीकरण देखाएको राईले बताए ।

उहाँको कार्यले जनप्रतिनीधि शब्दको धज्जी उदाएको निवेदक अमिन राईले बताउनु भयो । यसकार्यलाई नसच्याइए राज्यको सम्बन्धित निकाय मार्फत आवश्यक कारवाही गरी छाड्ने त्यसको लागी आवश्यक सम्न्वय भइरहेको बताए ।