भारत सरकारले धारा ३७० खारेज गरेको विरोध र समर्थनमा लण्डनमा प्रदर्शन

समाचार

लण्डन । भारत सरकारले काश्मीरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेको विरोध र समर्थनमा  विहीबार बेलायतको लण्डनमा बृहत् प्रदर्शन भएको छ ।  विरोध प्रदर्शनको नजिकै भारतीय समुदायले त्यसको समर्थनमा पनि खुशियाली मनाएका थिए । उता १५ अगस्टको दिन पाकिस्तान सरकारले भने देशभरी कालो दिवसको रुपमा मनाएको छ ।

लण्डनमा भारतीय उच्चायोगको बाहिर विरोध प्रदर्शनमा दक्षिण एशियाका आप्रवासीहरु सहभागी थिए । प्रदर्शनकारीले भारतीय सरकारले धारा ३७० सम्बन्धमा लिएको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । विरोध  प्रदर्शनको आयोजना बेलायतमा रहेको काश्मीर काउन्सिलले गरेको थियो ।  काश्मीर काउन्सिलमा संलग्न छात्रछात्राले मंगलदेखि नै प्रदर्शनको तयारी गरेका थिए । त्यसैगरी थुप्रै ब्यानर र पोस्टर डिजाइन गरेका थिए । काश्मीरमा नयाँ कदम चालेपछि भारतको लण्डनस्थित उच्चायोग बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ ।

समर्थनको प्रदर्शनमा सामेल हुनेले भने प्रधानमन्त्री नरेन्द्र मोदीले चालेको कदमको सह्राहना गरेका थिए । (बीबीसीबाट)