Logo

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कुवेत फन्डको स्रहाना


राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेत फन्डको तर्फबाट नेपालमा भइरहेको सहयोगको सह्राहना गरेकी छन् । कुवेतका गैरआवासीय राजदूतको ओहदाको प्रमाणपत्र ग्रहण गर्दै सो सह्राहना गरेको नयाँ दिल्ली स्थित नेपाल मामिला समेत हेर्ने कुवेती दूतावासले मंगलबार जारी गरेको वक्तव्यलाई उद्धृत गर्दै अरब टाइम्सले आज जनाइएको छ ।

कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टले नेपालमा सिंचाई प्रणाली सुधार परियोजनाका लागि १ दशमलब ६८ बिलियन रुपैयाँ प्रदान गर्ने गएको मार्चमा दुई पक्षीय सहमति भएको थियो । कुवेतले सफ्ट लोनको रुपमा कुवेत फन्डको रकम सन् १९७७ देखि नै नेपाललाई उपलब्ध गराउँदै आएको छ ।
सो परियोजनाले मध्य र पूर्वी नेपालका ३५ जिल्लालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपालका लागि कुवेतका राजदूत जासिम अल नासिमले नेपाल र कुवेतबीच व्यापार र साँस्कृतिक आदानप्रदानको क्षेत्रमा रहेको राम्रो सम्बन्धको चर्चा समेत गरेको वक्तव्यमा उल्लेख छ । राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अहिलेको अवस्थामा पुगेकोमा कुवेतका अमिरलाई अभिवादन गर्दै नेपाली श्रमिकहरुलाई कुवेतमा दिइएको राम्रो सुविधा र त्यसबाट राष्ट्रिय विकासमा पुगेको योगदानको समेत चर्चा गरेकी थिइन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्