हङकङ आन्दोलनमा सामेल भएको भन्दै क्याथी प्यासिफिकका पाइलट निलम्बित

समाचार

हङकङ । हङकङको एयरलाइन्स कम्पनी क्याथी प्यासिफिकले अहिले  हङकङमा भएको प्रदर्शनलाई साथ दिएको भन्दै आफ्ना एकजना पाइलटलाई निलम्बन गरेको छ । सो एयरलाइन्स कम्पनीले सोमबार अवैध कार्यमा संलग्न प्रदर्शनकारीलाई साथ दिएकाले पाइलटलाई निलम्बन गर्नुपरेको जनाएको छ ।  क्याथी प्यासिफिकले पाइलटलाई कारबाही गरेको सार्वजनिक भएपछि सो कम्पनीको सेयर सोमबार ४ प्रतिशतले घटेको थियो ।

ती पाइलटसहित ४० जनालाई बेइजिङको मुख्य कार्यालय अगाडि प्रहरीसँग झगडा गरेको आरोप लगाइएको छ ।  क्याथी प्यासिफिकले आफ्ना  सबै कर्मचारीलाई यस्ता गतिविधिमा संलग्न नहुन समेत आग्रह गरेको छ । (एजेन्सी)