धुलाबारी हिरासतमा रहेका दुईजना भारतीय ताला तोडेर फरार

समाचार

हिरासत कक्षको थुनामा रहेको दुईजना भारतीय अभियुक्त हिरासत कक्षको ताला फोडी फरार भएका छन् । राष्ट्र सेवक कर्मचारीलाई बाधा विरोध मुद्दामा सुनसरीको इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका उनीहरू फरार भएका हुन् ।

फरार हुनेमा भारत दार्जिलिङ अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र त्यही स्थानका २९ वर्षीय कृष्ण मण्डल छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

थुनुवा फरार भएको अवस्थामा ड्युटीमा रहेका केही प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ ।