Logo

मश्जिदमा गोली प्रहार, प्रहारबाट एक जना घाइते


ओस्लो । नर्वेको एउटा मश्जिदमा शनिबार गोली प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सो गोली प्रहारबाट एक जना घाइते भएका छन् ।  प्रहरीका अनुसार सो व्यक्तिले स्थानीय अल नूर इश्लामिक सेन्टरमा गोली प्रहार गरेको थियो ।  शंकास्पद सो व्यक्तिको घरमा एक जना महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।  गोली हान्ने व्यक्ति अन्दाजी २० वर्षका नर्वेजियन नागरिक हुन् ।  मृत फेला परेकी महिला गोली हान्ने व्यक्तिको आफन्त हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आक्रमणकारीले दुई वटा शटगन र एक पेस्तोल बोकेका थियो । केही महिना अघि न्यूजिल्याण्डको एउटा मश्जिदमा भएको गोली प्रहारमा ५१ जनाको मृत्यु भएपछि नर्वेको सो मश्जिदमा पनि सुरक्षा व्यवस्था कडा पारिँदै आएको  थियो । (बीबीसी)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्