Logo

अमेरीकाको कोलोराडो राज्यमा यस बर्ष पनि तीज मनाईदै


अमेरीकाको कोलोराडो राज्यमा यस बर्ष पनि तीज नजिक आउँदै गर्दा तीजको चहलपहल शुरु भएको छ ।

बिगत बर्षहरुमा जस्तै सिस्टर ग्रुप कोलोरोडा क दिदीबहिनीहरुले दरखाने कार्यक्रमको आयोजना गरेका छन् । बिदेशी भूमिमा चेलिबेटीलाई माइतीको झल्को मेटाउन र दिदीबहिनी आपसमा मिलेर रमाइलो गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो।

बिशुद्ध नेपाली परिकार लुगाफाटा र गरगहना सजिएर एकै छिन भए पनि माइतीको आँगन सम्झेर रमाइलो गर्ने मौक़ा सबैलाइ मिलोस भन्ने समूहको चाहाना हो । यसले हाम्रो मौलिक सस्कृती लाई पछिल्लो पुस्ताले पनि हेर्न र सिक्न मदत पुग्ने छ । सिस्टर ग्रुप कोलोरोडाका अभियान्त धना पौडेलले सबैलाई निम्तो दिई सकिएको सो कार्यक्रम भब्य हुने जानकारी हाम्रो मीडिया लाई गराउनु भयो ।

तीज : दरखाने कार्यक्रम मिति : 10 August 2019 कार्यक्रम हुने स्थान 10828 Huron St Northglenn, Colorado 80234 समय : ४ बजे देखि ९ बजे सम्म हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्