Logo

भोजपुरमा पनि डेंगुको सक्रमण देखिए


भोजपुरमा पनि डेंगुको सक्रमण देखिएको देखिएको छ । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलामा डेंगुको संक्रमण देखिएको हो ।

केही समय अघिबाट बिरामी परेपछि ती महिलालाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो । परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको अहिले नोबेलमा उपचार भइरहेको छ ।

आफ्नो गाउँपालिकामा डेंगु देखिएपछि स्थानीय र स्वास्थ्य संस्थाहरूलाई सतर्कता अपनाउन भनिएको गाउँपालिकाका प्रमुख ध्रुवराज राईले जानकारी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्