राई सर राईनी म्याडमहरुसँग फेरि पौंठेजोरी खेल्नुपर्ने भो !

Breaking News विचार/ब्लग

-निनाम कुलुङ ‘मंगले’

गत जुलाई ११ (सन् २०१९) मा ‘मुन्धुमस्टार अनलाईन’मा आशकुमार राई सरको ‘जाति’ भनेको भाषा हो कि सभ्यता हो ? शीर्षकको लेख छापिएको थियो । तर, यो केही नजान्ने कुलुङे ढाक्रे मात्रै कति बकबक गरी रहनु ! भनेर आशकुमार राई सरको सो लेखबारे त्यो बेला केही लेखिएन ।

तर …खासमा लेखक आशकमार राई सरको लेखको आशय वा पेटबोली भनेको गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले सुरु गरेर उनका भाइ–छोरा–भतिजाको पालामा सकिएको र, हाल शासक जात वा वर्गका मान्छेहरुका भनाइमा नेपाल एकीकरण र हामी उत्पीडित जातिहरुको भाषामा गोरखा राज्यको विस्तारपछि त्यसरी नेपालको भगौलिक एकीकरण गरेपछि विभिन्न जात जातिलाई दिइएको पदवी वा पगरीमध्ये किराती (असलियतमा खम्बुका सन्तानहरु जस्तै कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा आदि) लाई स्थानीयस्तरको छोटे राजा सरहको पद वा पदवी राई ! दिएकोलाई अबदेखि हामी सो ‘राई’ पदवी वा पगरीलाई जाति मान्दैनौं, आफ्नो असली जातीय स्वपहिचान कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा आदिले नै चिनिन चाहान्छौं भन्नेहरु प्रति त्यसो नगरौं भनी आग्रह गरेको हो कि ? जस्तो लाग्ने त्यस्तै कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावाहरु त्यसरी अलग्गै जातीय स्वपहिचानले चिनिने भएपछि कथित् राई ! जातिको अस्तित्व नरहने भएकोले कथित् राई जातिको नाममा राजनीति गर्ने आधार नरहने भएकोले गर्दा चिन्तित हुँदै राई पदवी वा पगरी नै भए पनि त्यही राई पदवी वा पगरीलाई नै जाति मानौं ! भनी आग्रह गरेको हो कि ? भने जस्तो … नत्र भने कुन माइकलाल राईको २८ वटा भाषा हुन्छ ? कुन माइकलाल राईले मेरो २८ वटा मातृभाषा छ, नपत्याए सुन, म २८ वटा भाषामा खररर … बोल्न सक्छु ! भन्ने ?

अथवा सुरुदेखि नै कथित् राई जातिको नाममा राजनीति गर्न र देश विदेशमा रहेका किराती दिदीबहिनी तथा दाजुभाईहरुसँग पैसो (पाउन्ड, लिरा, डलर, येन, क्रोन, क्रोनर, फ्रैन्क, भारु, रिंगेट, दिराम, दिनार, पेसो, भाट, रुबल, रियाल) उठाएर खान पल्केको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ताहरु जो आफू विदेशी दातृ निकायहरु जस्तै सीसीओ, डानीडा–ह्युगो, नर्वेजियन फन्ड, डीफीड,जाइका, जीटीजेड, आइएलओ, युएनडीपी लगायत संघ–संस्थाबाट कथित् राई जातिको नाममा प्रपोजल पेश गरेर पैसो खाने अनि उल्टै कुलुङ समुदायका अगुवाहरुलाई डलर खानलाई मात्रै राई फुटाउन लागेका हुन्, नत्र भने उनीहरुको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ ! भनी हलुका ढंगले जवाफ दिनेहरुसँग …त्यसैले नेपालको भगौलिक एकीकरणअघि पूर्वमा एकै रहेका किरातीहरु र उनीहरुको भूगोललाई समेत विभाजन गरेर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाएर र, त्यहाँका स्थानीय र प्रभावशाली किरातीहरुलाई जस्तै वल्लो किरातका सुनुवार (कोइँच) लाई ‘मुखिया’, माझ किरातका कुलुङ, वान्तावा लगायतलाई ‘राई’ पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी वा पगरी दिइयो । स्मरणीय छ, अहिले पनि ऊ बेला ‘मुखिया’, ‘राई’ ‘सुब्बा’ लगायत पदवी वा पगरी पाएका मान्छे वा तिनका सन्तान वा खलकलाई गाउँघरमा फलानो जिम्मावाल/जिम्मावाल्नी वा फलानो तालुकदार/तालुकदार्नी वा मुखिया/मुखिनी भनेर बोलाउने चलन हटी सकेको छैन ।

‘जाति’ भनेको भाषा हो कि सभ्यता हो ?

सोही राई पद वा पगरीलाई जाति मान्दैनौं भनी विसं २०५७/०५८ देखि नै घनीभूत रुपमा जातीय स्वपहिचानको आन्दोलन चलाउँदै आएका कुलुङ लगायत किरातीहरुको जातीय स्वपहिचानको आन्दोलन वा भनौं आदिवासी जनजातिमा कुलुङ, बाहिङ, मेवाहाङ, जेरो, बान्तावा लगायत किरातीहरु सूचीकृत हुनुपर्ने (यसरी आदिवासी जनजाति सूचीमा सूचीकृत नभई जातीय स्वपहिचान स्थापित नहुने भएकोले) हो । यसरी खम्बुका सन्ताहरुमध्ये एक कुलुङले सुरुमा ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी यो पदवी वा पगरी ‘राई !’ लाई जातको रुपमा लेख्न छाडेर आफ्नो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहन्छौं ! भनी आन्दोलन र जनवकालत गरी रहेका किरातीहरुलाई अब त्यसो नगरे हुन्थ्यो भनी आग्रह …तर, … फेरि गत अगस्ट ४ (सन् २०१९) मा भाई किराती राई सरको ‘नेपाली समाजमा जातीय विभाजनको मोडेल’ शीर्षकको लेख छापिए पछि भने केही नलेखी रहन/बस्न सकिन । त्यसैले आफ्नो अमूल्य समय खेर फाल्दै ! यो लेख लेखेको छु । जो आशकुमार रार्ई सर, भाई किराती राई सर, चन्द्रकुमार हतुवाली (उहाँ राई सर असलीयतमा बान्तावा होलान् !) राई सर, डाक्टर नोवेलकिशोर राई सर, डाक्टर तारामणि राई सर, डाक्टर चतुरभक्त दुमी राई सर, डाक्टर खगेन्द्र राई सर, जयकुमार राई सर, टंकबहादुर राई सर, अर्जुन जम्नेली राई सर, गणेश राई (कान्तिपुर दैनिक) सर, राजेश राई सर, भोगीराज .. सर, सुमाया राईनी म्याडम लगायत कथित् राई जातिवाला अन्य राई सर राईनी म्याडमहरुसँग फगत पौंठेजोरी खेल्न मात्रै यो लेख लेखेकोचाहिँ होइन है !

किनभने जिम्मावाल, तालुकदार वा तालुकदारी भनेर पनि चिनिने यी राई, सुब्बा, मुखिया पगरी वा पदवीलाई लिम्बु र सुनुवारले हाल आफ्नो जातको रुपमा लेख्न छाडेका छन् । बरु सुनुवार र याक्खा जातिका केही मान्छेहरु अझै पनि जानेर वा नजानेर आफू हरुलाई याक्खा राई र सुनुवार राई भनेर चिनाउँछन् । त्यसो त हाल याक्खा जातिमा सचीकृत वा भनौं याक्खा जाति भनेर चिनिने दूर्गामणि देवान (हाल ललितपुर भैंसेपाटी बस्छन्) पनि आफ्नो असली राई बुबाको देहावसानपछि राई भएका थिए । दूर्गामणि देवानका अनुसार उनी विसं २०४३ देखि विसं २०४९ सम्म राई भएका थिए । विसं २०४९ मा संखुवासभामा पूर्ण रुपमा भूमिसुधार ऐन लागू भयो । त्यसपछि सरकारलाई राई, सुब्बा, म’खिया, देवान, चौधराई आदिको दरकारै परेन । किनभने भूमिसुधार ऐन लागू भएपछि जिल्ला मालपोत कार्यलयमै गएर रैतीहरुले मालपोत (भूमि कर)बुझाउन जान थाले । यो केही नजान्ने कुलुङे ढाक्रेको कुरो नपत्याए उनलाई प्रत्यक्ष भेटेर सोध्दा भैहाल्छ ।

राई के–कति कारणले जाति हो ? वा राई जाति नभएर जात मात्रै हो ? यी यी कारणले राई जाति हो भनेर (जस्तै राईको मातृभाषा, राईको ऐतिहासिक भूमि, राईको धर्म, राईको संस्कार, राईको संस्कृति, राईको चाडाबाड आदि योयो हो भनेर प्रस्ट्याएर, आधार र प्रमाण दिएर उदाहरण सहित लेखेमा चित्त बुझाउने वा थप विषयमा छलफल र बहस गर्नका लागि सजिलो हुन्थ्यो ।

ज्ञातव्य रहोस्, राई पगरी वा पदवी पनि खालखाल (स–सानोदेखि ठूल–ठूलो) को हुन्थ्योे । जस्तै ४ पगरी, ५ पगरी, ६ पगरी, ८ पगरी, ९ पगरी (खोटाङ जिल्लाको कुनै गाउँको ९ पगरीको राईको कान्छो छोरो यो पंक्तिकारले ललितपुरको मानभवन एरियामा भेटेको छ), १०, १२, १६, हुँदै ५२ पगरीसम्मको ठूलो राई हुन्थ्यो । जस्तो कि भोजपुर जिल्लाको नागी–अन्पूर्ण–दिल्पा क्षेत्रमा ५२ पगरीका ‘राई’ परशुराम ‘राई’ थिए । जसले राजा सरहको ५२ भ्mयाले दरबार (घर !) बनाउँदा केन्द्र (काठामण्डौ) मा उजुरी परेपछि उजुरी गर्नेले आठपहरिया र चाँजकी लिएर आउँदा एउटा झ्याल भत्काएर ५१ याले बनाएका थिए । त्यसपछि त के चाहियो र ? केन्द्रबाट आएको जाँचकीले जतिपटक गने पनि ५२ वटा पुगे पो !! …त्यस्तै संखुवासभा जिल्लाको पाङमा गाउँमा गंगाप्रसाद राई पनि ५२ पगरीको ठूलो राई भएका थिए । उनको चुरीफुरी र हकडग धनकुटा जिल्लासम्म थियो भने त्यो बेलाको भाषामा रैती भनिने र हालको भाषामा जनता भनिनेहरुले सित्तैमा रोपाईँ गरी दिनुपर्ने ठूलो टारी खेत अझै पनि छँदैछ ।

त्यसैले त्यो बेला हाम्रा पिता–पूर्खाले केन्द्रीय शासकहरुबाट तिमीहरु राजा नभए तापनि राजासरह हौं है ! भनी दिएको/पाएको राई पदवी वा पगरीले हामी किरातीहरुको असली जातीय स्वपहिचान दिदैन, होइन भन्ने प्रस्ट हँुदैन र ? अनि कथित् राई जातिको नाममा के को रोइलो गरी रहनु हौ ! राई सर राईनी म्याडमहरु ? फेरि कुलुङ लगायत किरातीहरुले आफ्नो असली जातीय स्वपचिान कुलुङ, बान्तावा, जेरो, … आदिले चिनिँदा राई सर राईनी म्याडमहरुको के बिग्रन्छ ?
तर, तत्कालीन श्री ५ को/हाल नेपाल सरकार स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत नभई जातीय स्वपहिचान स्थापित नहुने भएकोले सो का लागि विसं २०५७/०५८ देखि आन्दोलन गर्दै आएको हो, –कुलुङ लगायत किरातीहरुले ।

त्यसैले इतिहासकै कुरो गर्ने हो भने पनि किरात र किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशामा वलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता, सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए ।
समय क्रममा किरातीहरु विभिन्न कारणले विस्थापित हँुदै जिमी–भूमिका साथै आफ्नो जातीय स्वपहिचान समेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहेका छन् । त्यसमा पनि दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्रमा रहेका केही जातिले मात्रै किराती भनी चिनाउँछन् । नेपालको इतिहास हेर्दा यी किरातीलाई पनि राई, सुब्बा, मुखिया र देवानकरण गरियो । त्यसैले उनीहरुको असली किराती पहिचान नै ओझेल परेको अवस्था छ ।

यसरी ‘करण !’ मा परेका किरातीहरुमा पनि सबैभन्दा बढी खम्बुका सन्तानहरु देखिन्छ । जस्तै चाम्लिङ, बान्तावा, दुमी, नाछिरिङ, थुलुङ, खालिङ, कुलुङ, साम्पाङ, बाहिङ आदि छन् । मेत्नाहाङका सन्तान लिम्बु जो ‘सुब्बाकरण’मा परेका थिए, उनीहरुले आफ्नो जात ‘सुब्बा’ हो भनी लेख्न छाडीसके । त्यस्तै लाङलेवाका सन्तान सुनुवारले पनि आफ्नो जात ‘मुखिया’ हो भनी लेख्न छाडीसके । त्यस्तै मेवाहाङका सन्तान याक्खाले पनि आफ्नो जात ‘देवान’ हो भनी लेख्न छाडीसके ।
संभवतः विसं ०४६ को राजनैतिक परिवर्तनपछि खम्बुका धेरै सन्ताहरुमध्ये एक कुलुङ जातिका अगुवाहरुले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी ‘राई !’ पदवी वा पगरीलाई जातिको रुपमा लेख्न/मान्न छाडेर आफ्नो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहान्छौं ! भनी आन्दोलन र जनवकालत गर्न थाल्यो भनी माथि नै उल्लेख गरिएको छ । यो क्रम विसं २०५७/०५८ देखि नै घनीभूत रुपमा चल्यो भनेर पनि माथि नै लेखी सकिएको छ । त्यसो त खम्बुका सन्ताहरुमध्ये एक कुलुङले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी यो पदवी वा पगरी ‘राई !’ लाई जातको रुपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहान्छौं ! भनी आन्दोलन र जनवकालत थाल्दा धेरै मान्छेहरु नपत्याएर हाँसेको वा खिल्ली उडाएको अहिले जस्तो लाग्छ, यो पंक्तिकारलाई । तर, नेपाली उखान ‘कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ’ भने झै जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भने कुलुङ समुदायका अगुवाहरुले जारी राखे ।

खासमा आदिवासी जनजातिमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायमा पनि आफ्नो अलग्गै जातीय स्वपहिचान स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) मा व्यवस्था भए अनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री÷राज्यमन्त्री कहाँ जाने र आप्mनो समस्या बताउने, सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरु भए । यसै मेसोमा खम्बुका सन्तानहरु चाम्लिङ, नाछिरिङ, बाहिङ अनि मेवाहाङका सन्तान लोहोरुङ पनि कुलुङ एक्लैले गर्दै आएको जातीय स्वपहिचानको आन्दोलनमा सम्मिलित हुन आए । यसरी पाँच किरातीहरुको संस्था बाहिङ, कुलुङ, चाम्लिङ, नाछिरिङ र लोहोरुङ गरी पाँच किरातीहरुको संस्था (बाकुलोचाना) बन्यो । ,

सुरुमा किरात हँुदै खम्बु अनि कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, आठपहरिया, याम्फु आदि भए ? भन्नेबारेमा इतिहासकार बाहेक हाम्रा पिर्ता–पूर्खा र पूर्वजहरुले मौखिक रुपमा भन्दै आएको र केही लिखित दस्तावेजहरुले पनि स्पष्ट हुन सहयोग गर्दछ कि, किरातीहरु आजको भारत, बंगलादेश, नेपाल, चीन, बर्मा, थाइल्यान्डका भूभागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किरातीहरको ठूलो योगदान रहेको छ । तर उनीहरुको योगदानलाई इतिहासमा उल्लेख गरिएन । (किरातः इन एनसियन्ट इण्डिया) । रामायण, महाभारत, उपनिषद आदि धार्मिक ग्रन्थहरुमा समेत किरातीहरुको उल्लेख हुनुबाट पनि किराती भूमि हालको भारतको ठूलो भूभाग रहेको थियो भन्ने जनाउंँछ । हाम्रा पूर्वज (बुढापाका) हरुले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजहरुले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारु, लाप्चा, मेचे, कोचे, धिमाल आदि लगायतका समूहहरु पनि किरातका हाँगाहरु हुन् ।

त्यसो भए तापनि हाल कुलुङ, बाहिङ, मेवाहाङ, लिम्बू, सुनुवार, हायु, याक्खा, याम्फु, लोहोरुङ, सुरेल, धिमाल, बान्तावा, साम्पाङ, जिरेल, जेरो, थामी लगायतले मात्रै आफूलाई किराती भन्दै आएका छन् । यसरी इतिहास हेर्दा समग्रमा किरातीहरु सुरुमा एकै थिए । तर, भगौलिक क्षेत्र, समय, जनसंख्या बृद्धि, परिवार विस्तारसँंगै स्थान परिवर्तन तथा एक ठाऊँबाट अर्को ठाऊँमा विस्थापन भई रहनसहन र जीवनशैलीमा फरक आउनुका साथै भाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिरिवाज आदिमा पनि फरकपना आयो ।

खासगरी खम्बुका सन्तानहरु ठूलो (धेरै जना) र धेरै ठाऊँमा पैmलिएको देखिन्छ । जस्तै बान्तावा (बुनतावा ः पानीको मूल) हालको भोजपुर (दिहाहाङ बाखा, छियाहाङ बाखा) क्षेत्र, चाम्लिङ …. थुलुङ (वाछाप्पा, वाछामा), खालिङ (ख्याल/खाल) दूधकोशी वारिका क्षेत्रहरुमा बसोबास गरी आफ्ना भाषा, संस्कृति, चालचलनहरु बसाए । त्यस्तै राताप्खू, खप (पिल्मो, सोत्तो), छेम्सी, ताम्सीका सन्तानहरु दूधकोशी पारि हुङ्गु (हुङ्वा) उपत्यका आसपास बसी एकै भाषा, एकै संस्कृति अपनाए । पछि गएर यी चार पूर्खाको सन्तानहरुको सामूहीक पहिचान नै कुलुङ बन्न÷रहन गयो । उनीहरुको बसोवास क्षेत्रलाई हाल महा–कुलुङ (ग्रेटर कुलुङ) भनेर चिनिन्छ । अझ कुलुङ मातृभाषीहरु त यो भू–क्षेत्रलाई आप्mनो मातृभाषामा ‘मा कूलू’ मात्रै भन्छन् ।

नेपाली समाजमा जातीय बिभाजनको मोडेल

जसरी आशकुमार राई सरले ‘जाति’ भनेको भाषा हो कि सभ्यता हो ? शीर्षकको लेख लेखेर प्रश्न गर्नु भएको छ, छलफल र बहस चलाउने प्रयास गर्नु भएको छ, जसरी भाई किराती राई सरले ‘नेपाली समाजमा जातीय विभाजनको मोडेल’ शीर्षकको लेख लेखेर बहस र छलफल चलाउने प्रयास गर्नु भएको छ, त्यसरी नै जाति हुनलाई वंश, परम्परा, इतिहास, भूगोल (आदिवासी जनजाति हुनलाई भूमि नभई हुन्छ ?) यो केही नजान्ने कुलुङे ढाक्रेको पनि आशकुमार राई सर र भाई किराती राई सरलाई मात्रै नभएर चन्द्रकुमार हतुवाली (उहाँ राई सर असलीयतमा बान्तावा होलान् !) राई सर, डाक्टर नोवेलकिशोर राई सर, डाक्टर तारामणि राई सर, डाक्टर चतुरभक्त दुमी राई सर, डाक्टर खगेन्द्र राई सर, जयकुमार राई सर, टंकबहादुर राई सर, अर्जुन जम्नेली राई सर, गणेश राई (कान्तिपुर दैनिक) सर, राजेश राई सर, भोगीराज .. सर, सुमाया राईनी म्याडम लगायत कथित् राई जातिवाला अन्य राई सर राईनी म्याडमहरुलाई पनि प्रश्न छ, जसरी
१. खम्बु (हालको कुलुङ, बाहिङ, बान्तावा, नाछिरिङ, कुलुङ, जेरो आदि),
२. मेवाहाङ (हालको मेवाहाङ, लोहोरुङ, याम्फू, याक्खा, आठपहरिया),
३. मेत्नाहाङ (हालको लिम्बू)
४. लाङलेवा (हालको सुनुवार तथा अन्य समूहहरु),
५. मेरात्ती (हालको धिमाल, मेचे, नागा) आदि भन्ने भनाइ छ, वा विभिन्न इतिहासकारहरुले लेखेका छन्, हाम्रा पिता–पूर्खाले भन्दै आएको (थुतुरी वेद !) छ, त्यसरी नै राईको पनि केही छ कि ?

अझ बान्तावा (बुनतावा ः पानीको मूल) हालको भोजपुर (दिहाहाङ बाखा, छियाहाङ बाखा) क्षेत्र, चाम्लिङ …. थुलुङ (वाछाप्पा, वाछामा), खालिङ (ख्याल.खाल) दूधकोशी वारिका क्षेत्रहरुमा बसोबास गरी आफ्ना भाषा, संस्कृति, चालचलनहरु बसाए भन्ने भनाइ वा मान्यता छ, त्यसरी नै कथित् राई ! जातको उत्पत्ति थलो कहाँ हो ? वंश को हो ? राईको मातृभाषा के हो ? राईको मौलिक भेषभुषा कुन हो ? हालका केन्द्रीय सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि तपाईँ राईवाला राई सर राईनी म्याडमहरुको वंश वा दाजुभाई हुन् ? त्यस्तै भारतीय सिने उद्योगकी प्रसिद्ध कलाकार (हिरोइन !) ऐश्वर्य राई पनि तपाई हजुरहरुको चेली वा दिदीबहिनी पर्नु हुन्छ ? ए … अलि बढी पो बोले कि !हुन पनि कुलुुङ समुदायलाई अरु जात, जाति वा समुदायले कुलुङ भनी चन्नुअघि २३ पुस्ता थिए । त्यसमा पनि मुख्य चार पुस्ता थिए । उनीहरु क्रमशः राताप्खू, खप (पिल्मो, सोत्तो), छेम्सी, ताम्सीका सन्तानहरु दूधकोशी पारि हुङ्गु (हुङ्वा) उपत्यका आसपास बसी एकै भाषा, एकै संस्कृति अपनाए । पछि गएर यी चार पूर्खाको सन्तानहरुको सामूहीक पहिचान नै कुलुङ बन्न/रहन गयो । उनीहरुको बसोवास क्षेत्रलाई हाल महाकुलुङ (ग्रेटर कुलुङ) भनेर चिनिन्छ ।

तर, आशकुमार रार्ई सर, भाई किराती राई सर, चन्द्रकुमार हतुवाली (उहाँ राई सर असलीयतमा बान्तावा होलान् !) राई सर, डाक्टर नोवेलकिशोर राई सर, डाक्टर तारामणि राई सर, डाक्टर चतुरभक्त दुमी राई सर, डाक्टर खगेन्द्र राई सर, जयकुमार राई सर, टंकबहादुर राई सर, अर्जुन जम्नेली राई सर, गणेश राई (कान्तिपुर दैनिक) सर, राजेश राई सर, भोगीराज .. सर, सुमाया राईनी म्याडम लगायत कथित् राई जातिवाला अन्य राई सर राईनी म्याडमहरुले र, राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) हर्ताकर्ता राई सर राईनी म्याडमहरुले जबरजस्ती स्थापित गर्न खोजेको राईको पुस्ता हाल कति भयो/पुग्यो ? उनीहरुको नाम के/के हो ? राईको ऐतिहासिक भूमि कहाँ छ/हो ? …

त्यसो भएको हुँदा भोलि साँच्चीकै राई के हो त ? भनी अध्ययन–अनुसन्धान गर्दा फेद पनि नभेटिने, टुप्पो पनि नभेटिने तर, राईको नाममा राजनीति गर्न, जमात देखाएर तर्साउन/थर्काउन, सरसहयोग लिन दिन सजिलो हने देखिए तापनि यसले हाम्रो असली पहिचान दिदैन । त्यसैले हामीले हाम्रो असली पहिचानमा फर्कनै पर्छ, जुन कुलुङ लगायत किरातीहरुले विसं २०५७/०५८ देखि गर्दै आएका छन् । आदरणीय पढालेखा र मान्यजन राई सर राईनी म्याडमहरु, यो केही नजान्ने कुलुङे ढाक्रेको बिचारमा हामी राई होइनौं किरात हौं, खम्बु हौं, कुलुङ हौं, बाहिङ हौं, बान्तावा हांै, जेरो हौं, मेवाहाङ हांै, आठपहरिया हौं, याम्फु हौ, … आदि हौं । त्यसैले कथित् राई जातिले होइन, किरातले एकता गर्छ (अहिले नै पनि किरात महासंघमा राईकरणमा परेका जाति बाहेक जिरेल, थामी, हायु आदि समेत संगठित छन्), नभए खम्बुले एकता गर्छ । यसो गर्दा भीड देखाएर राजनीति गर्नेहरुलाई पनि फाइदै फाइदा हुन्छ । किनभने, फर्मेसनको आधारमा किरात महासंघ झन् ठूलो र धेरै जातिहरुको संगठन हो/हुन्छ । तर, अझै पनि राजनीतिक पहुँच र हाहाहुहुमा जबरजस्ती कथित् राई जाति स्थापित गर्न खोजिएमा यसले त … बिगार्सिङ मात्रै गर्छ चेतना भया !

मुन्धुमस्टार अनलाईनका आदरणीय प्रकाशक/सम्पादक ज्युहरु, आदरणिय लेखक तथा पाठक बृन्द, यो लेख कसैसँग अनुराग र द्धेष राखेरभन्दा पनि राई किन जात होइन ? भनी बहस, छलफल होस् भन्नका लागि हो । यो कोणबाट यो केही नजान्ने कुलुङे ढाक्रेले यहाँहरुको अनलाईन लगायत मिडियाका विभिन्न माध्यममा धेरै नै लेखी सकेको छ । तर, यसको एन्टी करेन्टमा लेख्ने राई सर राईनी म्याडमहरुले भने, राई के–कति कारणले जाति हो ? वा राई जाति नभएर जात मात्रै हो ? यी यी कारणले राई जाति हो भनेर (जस्तै राईको मातृभाषा, राईको ऐतिहासिक भूमि, राईको धर्म, राईको संस्कार, राईको संस्कृति, राईको चाडाबाड आदि योयो हो भनेर प्रस्ट्याएर, आधार र प्रमाण दिएर उदाहरण सहित लेखेमा चित्त बुझाउने वा थप विषयमा छलफल र बहस गर्नका लागि सजिलो हुन्थ्यो । यदि राई जाति नभएर जात मात्रै हो भने सक्कि गो ! किनभने, जात हुनका लागि आप्mनो छुट्टै भूगोल, भाषा, भेषभुषा, गरगहना, धर्म, चाडपर्व, संस्कार, संस्कृति आदिको दरकार नै पर्दैन ।

लेखकको यो निजी बिचार हो बाकी सजिलो थप केही जान्न चाहेमा ninamkirat123@gmail.com, ः ०१४६२०२००, ९८६२४३६०४९, ९८४९९८५९९७