Logo

बुद्ध राईले फेरि पनि पुर्बेली लोकगित ल्याए


नेपाली आईडियल बुद्ध राईले फेरि पनि पुर्बेली लोकगित ल्याए। एक पछि अर्को मीठो मीठो गित लिएर आउने नेपाली आईडियल बुद्ध राईले फेरि एक पटक आफ्नै गाउँ घरको मीठो लोकगित ल्याएर श्रोता माझ आएका छन ।

ओखलढुंङ्गाबाट आफ्नो सांङ्गितिक यात्रा सुरु गरेका मीठो स्वरका धनी बुद्ध राईले भर्खरै मात्र ‘रामदले’ भाकाको अत्यान्तै मीठो लोकगित बजारमा ल्याएका थिए।

निक्कै मेहनती, लोकप्रीय अनि झरिलो आवाजका धनी तिनै ओखलढुङ्गे तन्नेरी गायक बुद्ध राईको आवाजमा रहेको हालै सार्बजनिक भएको उक्त लोक गितको शब्द, सङ्गीत भगत मगरको छ भने सङ्गीत सम्योजन सबिन लिम्बुले गरेका छन ।

स्टुडियो एक्सनमा प्रतिभावान युबा रेकर्डिष्ट सुबास कुथुमी राईले रेकर्ड गरेको गित लाई गोबिन्द सोनिले मिक्सिङ गरेका छन ।

यो गितको भिडियो क्रीयसन तथा क्यामेरा प्रीयजन राईले गरेका हुन भने एडिटिङ मनिस कार्किले गरेका छ्न उक्त गित लाई चिरपरिचित म्युजिक कम्पनी पुर्बेली जुनतारा म्युजिक प्रालिले आफ्नो आफिसियल युट्युब च्यानलबाट हालै सार्बजानीक गरिएको हो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्