बैनाबट्टा चलचित्रको चारवटै उत्कृष्ट गित सार्बजनिक : असोजको पहिलो साता फिल्म रिलिज गर्ने तयारी
साउन–काठमाण्डौं । नेपाली कथानक चलचित्र बैनाबट्टाको सुटिङ सकिएसँगै धमाधम सम्पादन कार्य भईरहेको छ । राज चाम्लिङको कथा लेखन तथा निर्देशन रहेको चलचित्र बैनाबट्टा दशै मौसमलाई लक्षित गरि रिलिज गर्न लागिएको हो ।
यो चलचित्रमा तिमीसँग पालम ख्याली गाँउन पाए हुन्थ्यो, र तिमीसँग यदि मेरो बैनाबट्टा भएको भए, दुईवटा गित निकै रोचक र उत्कृष्ट रहेको छ । अधिकांश गितमा निर्देशक राज चाम्लिङ आफैले नै शब्द संगित पनि भरेका छन् ।
विशेष गरि लिम्बु संस्कृतिमा आधारित यो चलचित्रलाई पूर्वीय नेपालको विभिन्न छटाँवाहक रमणीय स्थलमाहरुमा छाँयाङ्कन गरिएको छ । पे्रम राज लावतीले निर्माण गरेको यो चलचित्रको मुख्य भुमिकामा नायिका कविता वान्तावा राई,देवेन्द्र नेम्वाङ, ,बाबु मोक्तान,रश्मिला तामाङ आदिले रोचक अभिनय गरेका छन् । अन्य कलाकारहरुमा, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे, कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ आदि रहेका छन् ।
यो बैनाबट्टा चलचित्रको गितमा चर्चित कलाकारहरु दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बु लगायतका कलाकारहरुले स्वर लहरी भरेका छन् । सह– निर्माताको रुपमा भावानी घिमिरे,बिक्रम नेमवाङ,राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह आदि रहेका छन् । दशै मौसमलाई लक्षित गरि असोज महिनाको पहिलो साताबाट देशका विभिन्न हलहरुमा यो चलचित्रलाई रिलिज गर्न लागिएको निर्माता पे्रम राज लावतिले बताए ।
पूर्विय नेपालको लिम्बु जाती र समग्रहमा सबै आदिबासी जनजातीहरुको कला सँस्कृतिलाई मुख्य कथावस्तु बनाइएको निर्देशक राज चाम्लिङले बताए । सुम्हात्लुङ फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रलाई कमल राईले नृत्य निर्देशन गरेका छन् भने देबजँग थापाको छाँयाकन र सम्पादन रहेको छ् ।