Logo

नेकपा (माओबादी केन्द्र) प्रदेश नम्बर २ को बृहत भेला गरी सम्पर्क मन्च गठन गरियो


शान्ती सङ्घर्ष

काठमाण्डौ- नेकपा (माओबादी केन्द्र) प्रदेश नम्बर २ को आयोजनामा ललितपुरको धोबिघाटमा गत शनिबार एक कार्यक्रम गरी प्रदेश नम्बर २ को बृहत भेला गरी सम्पर्क मन्च गठन गरिएको छ ।  यस कार्यक्रममा नेकपा माओबादी केन्द्रको अध्यक्ष गोपाल किराती प्रमुख अथिती थियो भने पार्टिको उपाध्यक्षा तिलक थापा मगर र महासचिब कर्णजित बुढथोकी अतिथी रहेको थियो ।

प्रदेश नम्बर २ को सम्पर्क मन्चको अध्यक्ष नगेन्द्र शर्माको अध्यक्षतामा २१ जनाको सदस्यता गठन गरिएको छ । प्रदेश नम्बर २ सम्पर्क मन्चको अध्यक्ष नगेन्द्र शर्मा, उपाधक्ष केदार झा, सचिब राम बिश्वास साह्, सहसचिब प्रेम शंकर सिंह, कोषाध्याक्ष महादेब सिंह, सदस्यहरु आजर्गी राय, गङ्गा ठाकुर्, महादेब ठाकुर्, राम पुकार ठाकुर्, डिल्ली बहादुर गोले, बृज ठाकुर्, राधास मिश्र, राम सिशासन्, मुकेश शर्मि, दसै कुमार राय, शुरेश ठाकुर्, राम जोङी दाम रहेको छन ।

प्रदेश नम्बर २ को सम्पर्क मन्चको अध्यक्ष नगेन्द्र शर्माको अध्यक्षतामा २१ जनाको पदावधिकारी र सद्स्यहरु

 

‘गणतन्त्र नेपाललाई अर्को अफगानिस्तान बनाउने इण्डो प्यासिफिक रणनीतिलाई खारेज गरी टिष्टा–काँगडा फिर्ता आन्दोलनमा अघी बढनु पर्छ’ अध्यक्ष किराती भने । अध्यक्ष किरातीले थपे ‘हामी किन कम्युनिष्ट हुने भन्दा मानिस जन्मे पछी ३ कुराको सङ्घर्ष रहेको छ, १. प्रकृतिसँगको सङ्गर्ष, २. उत्पादनसँगको सङ्गर्ष र, ३. बर्ग सङ्गर्ष गर्नु पर्ने हुन्छ, बर्ग सङ्गर्ष गर्नको हामी कम्युनिष्ट हुनुपर्छ ।’

त्यस्तै गरी उपाध्यक्ष तिलक थापा मगरले समाजवाद निर्माणका लागि राष्ट्रिय स्वाधीनता, जनवाद सहितको देशलाई आत्मनिर्भर तुल्याउने आधार खडा गर्दछ देश बिकास हुनुपर्नेमा समृद्धिको खोक्रो नारा मात्र ओलि सरकारको रहेको बताए । उनले थपे, माओबादी केन्द्र पुन गठन देश ब्यापी भईरहेको समेत बताए । त्यस्तै गरी सम्पर्क मन्चको सबै पदावधिकारिहरुलाई बधाई तथा शुभकामना दिए ।

राष्ट्रियता, जनवाद र जनजीविकाको आन्दोलन सफल पार्न प्रधान दुश्मनका विरुद्ध रणनीतिक रुपमा लड्दै पार्टिको सँगठन बिस्तार गर्दै अघी बढ्नु पर्ने कुरा महा-सचिब कर्णजित बुढाथोकिले बताए । उनले थपे ‘नेपालमा पुँजीवादी गणतन्त्रसम्म नेपाली कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गरेको छ, र समाजवादी क्रान्तिका निमित्त हामी अघी बढ्नु एक मात्र बिकल्प छ । ‘

नेकपा माओबादी केन्द्रको प्रदेश नम्बर २ को सयोजक बब्लु सिंह, केन्द्रीय सदस्य सुमन राई र रोशन राणाको उपस्थिती थियो । कार्यक्रममा बब्लु सिंहले हामी समाजबाद ब्याबस्थाको लागी कम्युनिष्ट हुनुपर्ने र त्यही अनुरुप अघी बढेको बताए  भने कार्यक्रम सन्चालन सुमन राईले गरेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्