हाम्रो आवाज अन्लाईन टि भिको प्रस्तुती ‘नमस्ते कोलोराडो साँगितिक साझ’ भब्य सम्पन

हाम्रो आवाज अन्लाईन टि भिको प्रस्तुती नमस्ते कोलोराडो साँगितिक साझ भब्य रुपले सम्पन भएकोछ ।
कोलोराडोका बिभिन्न संघ संस्थाको प्रतिनिधी देखी पन्ध्रौ पटक सगरमाथा आरोही छिरिङ्ग दोर्जी शेर्पा र नावाङ वाङ्छु शेर्पाको उपस्तिथी रहेको उक्त कार्यक्रमको सन्चालन दिनेस कार्कीले गरेका थिए ।
प्राज्ञ एवम लोकप्रिय गायिका सत्यकला राईले तिमीलाई हंकङ पुर्यायो गाउदा सबै आ आफ्नो सिट बाट उठेर ताली बजाउदै नाचेका थिए ।
दुइ घण्टाको साँगितिक कार्यक्रममा प्राज्ञ सत्यकला राई ,लोकप्रिय गायक महेश बुढाथोकी ,बसन्त लम्साल ,दिनेश कार्कीको बेजोड प्रस्तुतीको साथमा एस .बि .के .डि ग्रुप डान्सको भाइ बहिनीहरुको नित्यले माहोल रोचक बनाएको थियो भने हाम्रो आवाज अन्लाईन टि .भि बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।