Logo

मस्तिष्कको क्षमतामा महिलाहरु पुरुष भन्दा धेरै अगाडि


एजेन्सी । मस्तिष्कको क्षमतामा महिलाहरु पुरुष भन्दा धेरै अगाडि रहेको  एक अनुसन्धानमा पत्ता लगाइएको छ । यसरी औसतमा पुरुषहरुको दिमाग महिला भन्दा झन्डै चार वर्ष अगाडि नै बुढो हुने गरेको बताइएको हो जसकै कारण बुढेसकालमा समेत महिलाहरु पुरुषको तुलनामा बढी तिक्ष्ण हुने गरेको बताइएको छ ।

अनुसन्धानकर्ताहरुले २० देखि ८२ वर्षीया मानिसहरुको मस्तिष्क स्क्यान गरि यस्तो तथ्य पत्ता लगाएका हुन् जसमा महिलाहरुको मस्तिष्कको उमेर जैविक रुपले पुरुष भन्दा ३.८ वर्ष कम रहेको पाइएको हो । सो नतिजा मस्तिष्कले गर्ने ग्लुकोजको प्रयोगमा आधारित रहेको छ जसबाट प्राप्त हुने ऊर्जाले दिमागको प्रदर्शनमा प्रभाव पार्दछ । यसका साथै महिला र पुरुषको दिमागले काम गर्ने आन्तरिक तरिका पनि फरक रहेको पत्ता लगाइएको हो ।

त्यसैले पनि पुरुषहरुको भाषिक क्षमता र स्मरण शक्ति महिलाको तुलनामा चाँडै कम हुँदै जाने गरेको स्पष्ट भएको छ । यता महिलाहरुको कम उमेरको मस्तिष्कले भने उनीहरुलाई तुलनात्मक रुपमा लामो समयसम्म बिर्सने लगायतका रोगबाट बचाइराख्न सक्ने बताइएको छ ।  सेन्ट लुइस स्थित वासिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका डाक्टर मानु गोयालका अनुसार यस अनुसन्धानपछि मस्तिष्कको बूढो हुने प्रक्रियामा लिङ्गको भूमिकाबारे धेरै कुरा थाहा भएको हो ।

त्यसैगरी मस्तिष्क सम्बन्धी रोग लाग्ने सम्भावना पनि यो तथ्यसँग सम्बन्धित हुन सक्ने उनले बताए । यसरी दिमागले काम गर्ने जैविक प्रक्रियाले हामीलाई उमेर ढल्दै गएपछि पुरुष र महिलाको मस्तिष्कमा कस्तो भिन्नता हुन्छ भन्नेबारे बुझ्न मद्दत गरिरहेको वैज्ञानिकहरुको भनाइ छ ।  यसमा उनीहरुले २०५ जनाको वास्तविक उमेर र तिनको मस्तिष्कको उमेर तुलना गरेका थिए ।

वास्तवमा हाम्रो उमेर बढेसँगै मस्तिष्कले ऊर्जा उत्पादन गर्न कम ग्लुकोज प्रयोग गर्न थाल्छ जसपछि दैनिकका मानसिक चुनौति पूरा गर्न कठिन हुँदै जान्छ ।  यस्तोमा कम्प्युटर अल्गोरिदमले बढी उमेरका महिलाहरुले समेत दिमागी विकासका लागि धेरै मात्रामा ग्लुकोजको प्रयोग गर्ने गरेको पाइएको हो । जसपछि नै उनीहरुको मस्तिष्क अझै जवान अवस्थामै रहेको पत्ता लागेको हो  ।

यसरी सबैभन्दा कम उमेरका महिलासँग तुलना गर्दा समेत नतिजामा धेरै भिन्नता देखा नपरेको नेस्नल एकेडेमी अफ साइसेजका अनुसन्धानकर्ताले बताएका हुन् ।  डाक्टर गोयालले थप भने, “वास्तवमा पुरुषहरु महिला भन्दा तीन वर्षपछि मात्र किशोरावस्थामा प्रवेश गर्दछन् र सो क्रम जीवनभर निरन्तर रहन्छ । त्यसकारण यो पक्षले पनि दिमागी विकासमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।”
डेलीमेलबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्