Logo

सभामुख महरालाई कारवाहीको माग


विराटनगर: विराटनगर जुट मिल्स लिमिटेड डुबाउन मुख्य भूमिका निर्वाह गरेको आरोप लगाउँदै वर्तमान सभामुख कृष्णबहादुर महरालाई कारवाही गरिनु पर्ने नेकपा माओवादी केन्द्रले माग गरेको छ ।

केन्द्रले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै २०६३ यता लगातार सरकारमा रहेका र अर्थमन्त्रीसमेत भएका महरालगायतका व्यक्तिले जुट मिल्स डुबाएको आरोप लगाएको छ ।

केन्द्रका प्रदेश १ अध्यक्ष बिमल निरौलाले जुट मिल्स डुबाउन महराले आÏना छोराहरूका नाममा सेयर खरिद गरेको दाबी गरे । यसविरूद्ध निर्णायक आन्दोलनका लागि सबै क्षेत्रलाई आह्वान गरिएको उनले बताए ।

भूमाफियाहरूको संलग्नतामा जुट मिल्सको जमीन बिक्री भएको बताउँदै निरौलाले केन्द्रले यसको छानबिन थालेको बताए । नेपाल सरकारको निर्णयमा उच्चस्तरीय छानबिनका लागि न्यायिक आयोग गठन भइसकेको अवस्थामा पत्रकार सम्मेनलन गरेको केन्द्रले जुट मिल्स डुबाउने अरू व्यक्तिहरूका बारेमा भने केही पनि बताएन ।

पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष निरौलाले जुट मिल्स डुबाउनेलाई भौतिक कार्वाही गर्नेसम्मको कारवाही गर्ने चेतावनी दिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्