Logo

सुनौलो शिक्षा नेपालले विपन्न विद्यार्थीलाई सहयोग हस्तान्तरण


मानव बेचविखन विरुद्ध र बाल संरक्षणका क्षेत्रमा काम गर्दै आएको सुनौलो शिक्षा नेपालले विपन्न विद्यार्थीलाई  सहयोग गरेको छ । शुक्रबार पूर्व सांसद, कांग्रेस केन्दीय सदस्य शिव हुमागाईं र शक्ति समूहकी संस्थापक चरिमाया तामांगले संयुक्त रुपमा काभ्रेको पस्थलीस्थीत बाल आदर्श आधारभुत विद्यालयमा अध्ययनरत ८० विद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गरेका हुन् ।

सुनौलो शिक्षा नेपाल तथा ईन्टेरियर प्वाइन्सले संंयुक्त रुपमा उक्त  सहयोग उपलब्ध गराएको हो । यसअघि पनि काभ्रेका अन्य विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गरेको थियो । इन्टेयिर प्वाइन्टसका प्रमुख चन्द्रप्रसाद हुमागाईंले विपन्न विद्यार्थीलाई सहयोग गर्ने कामलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा  मानव बेचविखन बिरुद्ध र बाल संरक्षणका विषयमा बालबालिका तथा अभिभावकलाई अभिमुखीकरण समेत दिइएको थियो । कार्यक्रममा मानव बेचविखन बिरुद्धको अभियन्ता चरिमाया तामांगले आफू बेचिँदाको पीडा बालबालिका माझ साटेकी थिइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्