हाम्रो आवाज अन्लाईन टि भिको प्रस्तुती नमस्ते कोलोराडो साँझ अगष्ट -३ बोल्डर शहरमा हुने कार्यक्रमको ७५ % तयारी पुरा भएकोछ ।
उत्त कार्यक्रमको लागी लोकप्रिय गायिका सत्यकला राई अमेरिकाको कोलोराडो राज्य दुइ हप्ता अगाडी नै पुगी सक्नु भएको छ ।
सो साँगितिक कार्यक्रममा सत्यकला राई, महेश बुढाथोकी, बसन्त लम्साल, दिनेश कुमार कार्की बेजोड प्रस्तुती हुनेछ ।
कार्यक्रम भब्य र सब्य बनाउन कुनै कुरामा कमी नगरिने हाम्रो आवाज अन्लाईन टि भिका प्रबन्ध निर्देशक गौतम सागर राईले मुन्धुम स्टार डटकम लाई बताउनु भयो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
