खडेरीले मकै सुक्यो, झरीले जमिन सक्यो, मा. राजन राई जनताको समस्या संकलन गर्दै

– मान्सुङ चाम्लिङ
सडक पुग्नु अघि गहते, सुक्खा क्षेत्रको नामले परिचित यस हलेसी तुवाचुङ नगर, पछिल्लो समय सडक पुगसँगै विकासको केही लहर शूरु भएपनि आजकालको समयमा आकाशे पानीको भर हुन छाडेकोले वालीनालीहरु हुन छाडेको वडा नं.२ डिकुवाका वडा सदस्य घनश्याम राईले बताए । यस वर्ष अझ धेरै पाकाहरुले नै थाहा नभएको नयाँ इतिहास रेर्कड भएको गाउँको पुर्खाहरुले बताएको राईले बताए । यसवर्ष करिब दुईमहिना खडेरी भएपश्चात लगातार २ हप्ता पानीको कारण सबै खेतवारी तथा सडकहरुमा पैरो गएकोले जनताहरु समस्यामा परिरहेको नेकपा नगर अध्यक्ष सुरेन्द्र कुमार राईले बताउनु भयो ।
यस वर्षको खडेरी र झरीले जनताहरुलाई आपत्कालिन राहतको समस्या भएकोले प्रदेश नं.१ का सांसद राजन राई दुई दिन देखी जनताहरुको घरआँगनहरुमा अवलोकन गरिरहनु भएको लालबहादुर राईले बताए । हिजोबाट भएको गाउँ अवलोकन विभिन्न टोलहरु टोड्के, बेता, लिमलङ, पकोउचेपा गाउँहरु अवलोकन गरिसकिएको वडा सदस्य घनश्याम राईले बताउनु भयो ।
यस नगरको समस्याग्रस्त सबै गाउँ तथा टोलहरु अवलोकन गर्ने योजना रहेको तथा क्षति भएको तथ्यांक, डाटाहरु लिइरहेको सदस्यले बताउनु भयो । सबै समस्या ग्रस्त गाउँबस्तिहरुको अवलोकन पश्चात यसलाई प्रदेश सरकारबाट राहतको व्यवस्थाको लागी आवश्यक पहल गरिने माननीय राजन राईले बताउनु भयो ।