नेकपाका कार्यकर्ताहरुलाई जनताको नेता होइन दास बन्नपार्टी सचिवको निर्देशन
– राजु बिक्रमचाम्लिङ
नेपाल कम्युनिष्ट पार्टीहलेसी तुवाचुङ नगरसमितिको पछिल्लो वैठक सम्पन्नहुँदाखोटाङ जिल्ला सचिव रामदंगाललले निर्देशनदिंदै भन्नु भयो, नेपाल कम्युनिष्ट पार्टीकाकार्यकर्ताहरु जनताको नेतानभएर जनताको दास बन्ननिर्देशनदिनु भएको छ । राजनीति स्वभावैले जनताको सेवा र राज्यको रक्षागर्नको लागी स्थापनाभएकोहुनाले राजनीतिककार्यकर्ता भएर आफुलाई नेतामान्ने तर जनताको आवाजलाई वेवास्ता गरे त्यसले पार्टी र आफ्नो राजनीतिककरिअरलाई घाटा पुग्ने बताउनु भयो ।
जब जनताको समस्यालाई आफ्नो समस्या ठानेर समाधानगर्नको लागीआफ्नो हरदमप्रयास रहन्छ, तब जनताले पार्टी र राजनीतिकदलको सहयोग भएको आभास गर्नेछ ।यसकारण यस हलेसी तुवाचुङ कम्युनिष्टहरुको उर्वर भूमीभएर पनि राजनीतिक रुपमाजनताको मतलाई सही रुपमा संयोजन र समन्वयगर्न नसक्दा केही अप्ठ्यारा झेल्नु परिरहेको अवस्था छ ।
यसकारण पार्टी कार्यकर्ताहरुले यहाँको कम्युनिष्ट जनमतलाई सम्मानगर्दै समन्वय गरे मात्रै पनि नेकपाको भविष्यउज्जवल रहेको छ । साथै जनताको अपेक्षाअनुसार कामगर्न सकिने नेतादंगालले बताउनु भयो ।
वैठकले आगामी पार्टीको कार्ययोजनाबारेमा केही रणनीतिक खाकातयार गरेको छ । साथै पार्टी कार्यकर्ताहरु जनतामाझ रहिरहनु पर्ने हुनाले जनताको समस्याको बारेमा सजकभएर अगाडी बढ्ने ठोस निर्णय भएको नगर अध्यक्ष सुरेन्द्र कुमार राईले बताए ।