तुवाचुङ जायजुमस्थल व्यवस्थित गरिंदै

Breaking News समाचार

– रुपन राई

किरातीहरुको उद्गम थलो तुवाचुङ जायजुम भौगोलिक हिसाबमा विकट स्थल हलेसी तुवाचुङ नगरपालीकामा पर्दछ । उद्गमथलो आफैमा ऐतिहासिक भएता पनि संरक्षण, सम्वद्र्धनको अभावमा व्यवस्थित हुन सकेको छैन । तरपनि यस ऐतिहासिक संरक्षण गर्न नितान्त आवश्यक रहेको हुनाले हलेसी तुवाचुङ नगरपालीकाको आर्थिक सहकार्यमा व्यवस्थित गरिन्दैछ ।

तुवाचुङ जायजुमको कार्यालयलाई व्यवस्थित गर्नको लागी समितिको सदस्य टेकराज राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी कार्य अगाडी तिब्र रुपमा बढेको थियो । तर नगरसँग भएको संझौता भन्दा बढी कार्य भएकोले तथा नगर प्रमुखसँग भएको मौखिक सहमति भए अनुसार करिब १० लाखको कार्य गरि सकिएको अध्यक्ष टेकराज राईले बताउनु भयो । तर हाल नगरपालीकाले केही रकम मात्र दिएको तथा ८५ प्रतिशत रकम दिनबाँकी भएकोले मजदुरहरुको ज्याला दिन बाँकी रहेकोले व्यवस्थित गर्न आवश्यक रहेको र बारम्बार कारिन्दाहरुले गुनासो पोखिरहेको र यसलाई व्यवस्थित गर्न नसक्दा आफैलाई दुःख लागिरहेको राईले बताए ।

यसैगरी तुवाचुङ स्थलमा मुल सडकबाट सडकपेटीबाट रैछेकुलेको प्रतिमा सम्म पुग्नको लागी बनाइएको खुट्किलो बनाइरहँदा भारी वर्षासँगै यसले असर पारिरहेको र भत्किएको र खुड्किला पुरिरहेको समितिका सचिव तथानिर्माण उपभोक्ता समितिको अध्यक्ष भिमकेशर राईले बताउनु भयो । उक्त खुड्किलो निर्माणसँगै कामहरु निरन्तर अगाडी बढीरहँदा नगरपालीकासँग गरिएको संझौता अनुसार बजेट निकासा नहुँदा तथा आउनुपर्ने बजेटहरु पनि नआएको भनेर प्रमुख प्रशासकिय अधिकृतले संघिय सरकारबाट नै बजेट नआएको हुनाले हाल फस्र्यौटमा समस्या परिरहेको बताए ।

खुड्किलो निर्माणसँगै त्यसमा राख्नुपर्ने रेलिङको जिम्मेवारी लिनु भएको उमेश सेरालुङले भन्नु भयो, नगरपालीकाले आवश्यक बजेटहरु काम अनुसारको भुक्तानी नगर्दा काम अगाडी बढाउन आर्थिक समस्या परिरहेको र तत्काल रकम भुक्तानी पनि हुने निश्चित नभएको हुनाले काम गर्नमा केही ढिलाई भइरहेको बताउनु भयो । किरातीहरुको एकमात्र विश्वको उद्गम स्थललाई राज्यले पहिले नै संरक्षण गर्नु पर्नेमा हालसम्म संरक्षण नहुनु ज्याँदै दुखद कुरा हो ।