Logo

खडेरी पश्चात वर्षाले पारेको क्षति अवलोकन गर्दै मा. राजन राई


– मान्सुङ चाम्लिङ
पहाडी तथा हिमाली क्षेत्रमा वर्षे वाली लगाउने समयमा निरन्तर खडेरी दुईमहिना परेसँगै असार अन्तिम हप्ता आएको अविरल वर्षाको कारण धेरैजसो गाउँहरुमा क्षति पुगेको छ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालीकाको वाप्लुखामा घर पुरिएर ३ जनाको ज्यान समेत गएको छ । यसैगरी जिल्लाको सबै गाउँहरुमा वर्षातले असर पारेको छ ।

यसको प्रत्यक्ष असर हलेसी तुवाचुङ नगरपालीकामा समेत परेको छ । यस नगरपालीकामा हालसम्म मानवीय क्षति नभएता पनि घर लडेको, पुरेको, चर्केको भने प्रशस्त रहेको छ । खासगरी पछिल्लो समय विकासको नाममा सडक विस्तार र सडक खन्दा डोजर प्रयोगको कारण जमिनहरु थर्किएर, हल्लिएर रहेको अवस्थामा अविरल वर्षाको कारण बाडी, पैरो जताततै जाँदा प्राय सबै सडकहरु भत्केका छन् । पुरिएका छन् । कतै घरहरु भत्किएको अवस्था छ भने कतै चर्किरहेको छ त कतै पुरिएका छन् ।समस्या भएको १५ दिन बढी वितिसक्दा पनि हालसम्म राज्यको स्थानिय तह हलेसी तुवाचुङ नगरपालीकाले आपत्कालिन राहतको कुनै व्यवस्थापन गरेको छैन ।

साथै अन्य कुनै पनि सरकारी निकायहरुबाट राहत वितरण गरिएको छैन, कुनै किसिमको सहयोग भएको छैन । यसरकाण यस क्षत्रमा वर्षा र खडेरीले पारेको असरको बारेमा बुझ्नको लागी प्रत्यक्ष अवलोकन गर्न खोटाङ जिल्ला क्षेत्र नं.१ को प्रदेशसभा सदस्य माननीय राजन राईले अवलोकन गरिहेको स्थानिय लालबहादुर किरातीले बताउनु भयो ।

आज पहिलो दिन नगरपालीकाको वडा नं.१ बाहुनीडाँडाको गाउँहरुको अवलोकन गरिएको तथा घर र सडकहरुको क्षतिको विवरण लिइएको किरातीले बताए । अवलोकन भ्रमण हलेसी नगरपालीकाको असर परेको सबै गाउँ वडाहरु घुम्न करिब एकहप्ताको योजना रहेकोे माननीय सांसद राजन राईले बताए । स्थानिय समूदायहरुको वास्तविक तथ्यांक संकलन गरेर प्रदेश एकका सरकार प्रमुख, मुख्य मन्त्रि, मन्त्रिहरु लगायत सबै ध्यानकर्षण गरेर आवश्यक राहतको व्यवस्थापनको लागी आवश्यक पहल गरिने माननीय राईले बताउनु भयो ।

नेपाल कृषिप्रधान देश हो । तर सिंचाईको अभावमा आकाशेपानीको भरमा ७५ प्रतिशत बढी खेती आकाशे पानीको भरमा गरिन्छ । २१औं शताब्दीको मानवीय अत्याधुनिक विकाससँगै मानिसहरुले प्रकृतिको कच्चापदार्थहरुलाई अनियन्त्रीत रुपमा सदुपयोग गर्दै आउँदा आफ्नो व्यालेन्स आफै मिलाउँदै आएको प्रकृतिले आफ्नो व्यवस्थापनमा समेत असर पारेको हुनाले जलवायु परिबर्तनको प्रत्यक्ष असर पृथ्वीमा पर्दै आएको छ । यसैको प्रतिफल स्वरुप हरेक वर्ष आकाशे पानीको पर्ने समय परिबर्तनहुँदै कहिले छिटो पर्ने, कहिले ढिला पर्ने, कहिले सुक्खा हुने, कहिले मुसलधारे पानी पर्ने गर्दै आएको छ । यसले कृषकहरुमा निरासा छाएको वडा नं.७ का वडा सदस्य निरजमान बस्नेतले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्