Logo

विश्वका ९० भन्दा बढी मुलुकले प्लास्टिकमाथि प्रतिबन्ध लगाउँदै


एजेन्सी । संयुक्त राष्ट्रसंघको वातावरण संरक्षण कार्यक्रमले जनाएअनुसार प्रत्येक वर्ष विश्वभर ५० खर्ब प्लास्टिकका झोला उपभोग हुने गरेको छ । जसको अनुचित व्यवस्थापनले अनेकौँ खोला झरनाहरुको बहाव अवरुद्ध गर्नुका साथै समुद्री जीवहरुलाई खतरामा पारिरहेको छ र मलेरिया बोकेका लामखुट्टेलाई प्रजनन भूमी पनि प्रदान गरिरहेको छ । त्यसबाहेक जमिनमा फ्याँक्दा पनि यसलाई कुहिन सयौँ वर्ष लाग्ने गर्दछ ।

यस्तोमा हद पार भइसकेको भन्दै विश्वका थुप्रै राष्ट्रहरुले ‘सिंगल युज प्लास्टिक’ अर्थात केबल एकपटक प्रयोग गरिने प्लाष्टिकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिरहेका छन् । गत जुलाई २० मा मात्र यस सूचीमा अर्को देश, पनामाको नाम पनि थपिएको छ । यसरी अहिले विश्वका ९० भन्दा बढी मुलुकले यस किसिमको नीति अपनाइरहेका छन् । तान्जानिय र न्युजिल्यान्डले पनि प्लाष्टिकमाथि आफ्नै तरिकाका प्रतिबन्ध लगाएका छन् । यसैगरी अन्य ३६ देशहरुले भने प्लाष्टिकको प्रयोग नियन्त्रण गर्न अतिरिक्त शुल्क लागू गरिरहेका छन् । विशेषगरी अफ्रिकामा प्लाष्टिक प्रतिबन्ध व्यापक बन्दै गएको छ । किनभने अफ्रिकामा तुलनात्मक रुपमा फोहोर संकलन र रिसाइकलको दर कम छ । त्यस्तै अफ्रिकाले अत्यन्तै कम प्लाष्टिक निर्यात गर्ने हुनाले पनि प्लाष्टिकजन्य फोहोरको समस्या वातावरणमा सबैले स्पष्ट देख्न सक्छन् ।

तर धेरै राष्ट्रहरुले प्लाष्टिकमाथि प्रतिबन्ध लगाइरहेपनि नीतिगत् कमीकमजोरीका कारण प्रभावशाली नतिजा प्राप्त गर्न असमर्थ भइरहेको देखिएको छ । अधिकांश मुलुकहरु अहिले प्लाष्टिक सम्बन्धी, त्यसको निर्माण, विक्री र उपभोगपछिको व्यवस्थापनमा मात्र केन्द्रित छन् तर प्लाष्टिकजन्य उत्पादनको निर्यातलाई भने रोकिरहेका छैनन् । यस्तोमा प्लाष्टिकमाथि प्रतिबन्ध लगाइएपनि पनामा सहित २५ भन्दा बढी देशले बिग्रन लागेका खाद्य उत्पादन वा औषधिको विक्रीमा छुट दिने गरेका छन् ।

त्यसैले केही वातावरणविद्हरुले नीति निर्माताहरुले प्लाष्टिकको समस्या समाधान गर्ने प्रयासमा अरु कुरामा पनि ध्यान दिनुपर्ने बताइरहेका छन् । प्लाष्टिक प्रदुषणलाई बेवास्ता गर्न नमिलेपनि त्यसको असर जलवायु परिवर्तन र नाश हुँदै गइरहेको जैविक विविधता भन्दा थोरै रहेको उनीहरुको भनाइ छ । जस्तै प्लाष्टिकको विकल्पका रुपमा प्रयोग भइरहेका कपडाका झोला पनि एक किसिमले समस्याजनक फोहोर नै हुन् । किनकी प्लाष्टिकको तुलनामा कपडाको झोला उत्पादन गर्दा उत्सर्जन हुने ग्रिनहाउस ग्यासलाई कम गर्न त्यसलाई १३१ पटक प्रयोग गर्नुपर्ने हुन्छ । द इकोनोमिस्ट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्