Logo

लि यान्झीया ‘लभ मदर’ लाई २० वर्षको जेल


बेइजिङ । १ सय १८ जना असहाय बालबालिकालाई ‘एडप्ट’ गरेर बसेकी एकताका अधिकारकर्मीका रुपमा चिनिएकी एक चिनियाँ महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ ।  लि यान्झीयालाई वुआन अदालतले हेबेइ प्रान्तमा बुधबार चन्दा उठाएको र ठगी  गरेको आरोपमा सो सजाय सुनाएको हो । एउटा असहायहरुको हेरचाह गर्ने निकायको प्रमुखको रुपमा रहेकी उनलाई ‘लभ मदर’ को नाम समेत दिइएको थियो ।

उनलाई २ दशमलब ६७ मिलियन युआन जरिवाना समेत तोकिएको छ । उनलाई सघाउने उनका ब्वाइफ्रेन्ड सहित १५ जनालाई समेत अदालतले दोषी ठहर गरेको छ । अदालतले लि झान्झिया जसको नाम लि लिजुआन हो उनले असहायको नाममा ज्यादती गरेको  र आर्थिक फाइदा लिनका लागि अपराध गरेको जनाइएको छ ।
उनका ब्वाइ फ्रेन्ड झू क्वीलाई साढे १२ वर्षको जेल र १ दशमलब २ मिलियन युआन जरिवाना समेत तिराइएको छ ।  अन्य १४ जनालाई चार वर्षभन्दा माथिको जेल सजाय सुनाइएको छ । (बीबीसी)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्