बुद्ध राई र बसन्ता राईको रामदाले पुरानो पुर्बेली जुहारी गित सार्बजानिक भएको हो। यो गितको संङ्कलक तथा गायक बुद्ध राईका अनुसार विशेष गरि  नेपालको पुर्बी भुगोल ओखल्ढुङ्गा र खोटाङ तिर किराँती समाजमा विशेष गरि तिहारदेखि सुरु गरेर मंसिरे पुर्णिमासम्म गाईने यो रामदाले भाका निक्कै पुरानो लोक भाका हो।

यो भाका माईती चेलिको बिचको आत्मिय अन्तरबेदना र तरुनी तन्नेरीहरु बिचको माया पिरतिको हृदयबिधारक प्रेम र बेदनाको कथासंङ्ग जोडेर मेलापातमा समेत सुरिलो भाकामा गाईले गरिन्छ।

यो निक्कै पुरानो र मीठो लोक भाका लाई नेपालि आईडियल गायक बुद्ध राई आफैले जस्ताको तस्तै संकलन गरेर ल्याएर गायिका बसन्ता राईसंङ्ग निक्कै मेहनतका साथ गाएका छन यो गितको सङ्गीत सम्योजन कुल बहादुर भण्डारिले गरेका छन ।

एक्सन रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट सुबास राईले रेकर्ड गरेको उक्त गितलाई गोबिन्द सोनिले मिक्सिङ गरेका हुन यो गित लाई स्टुडियो सुट गरेर आज पुर्बेली जुनतारा म्युजिक प्रा लिको आफ्नो अफिसियल युट्युब च्यानलबाट आज सार्बजानिक भएको हो।