Logo

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा-मोरङ सेक्रेटरी दीपक पक्राउ


विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा-मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राई पक्राउ परेका छन् ।

मोरङको केराबारी गाउँपालिका-३ घर भएका राईलाई बिहीबार बिहान पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।

पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत थिए । केराबारीकै एउटा घरमा सेल्टर लिई बसेको अवस्थामा राई पक्राउ परेको बताइएको छ ।

बम विष्फोट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता देखिएपछि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीको भनाइ छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्