Logo

म्यूलर रिपोर्ट सार्वजनिक भएसगै ट्रम्पले आफू विजयी भएको दाबी गरे


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै क्यापिटल हिलमा सार्वजनिक भएको रोबर्ट म्यूलरको दस्तावेजले आफ्नो र रिपब्लिकनको ‘निकै राम्रो दिन’ घोषणा गरेको बताएका छन् । उनले भने, “आज म र रिपब्लिकनका लागि म्यूलरको दस्तावेजले निकै राम्रो दिन घोषणा गरेको छ ।”
उनले
आफूविरुद्धको अनुसन्धानलाई अगाडि बढाउन चाहने डेमोक्रेटिक सांसदहरुले ‘केही पनि नपाएको’ दाबी गर्दै सुनुवाई सकिएको दाबी उनले गरेका छन् । उनले भने, “यो निकै महत्वपूर्ण दिन हो । मेरो लागि र रिब्लिकनको लागि पनि । डेमोक्रेटहरुसँग केही पनि थिएन र अहिले झन् केही पनि छैन । उनीहरुले रोजेको बाटो हेर्दा मलाई लाग्छ, उनीहरु सन् २०२० को चुनावमा पनि नराम्रो नतिजासहित पराजित हुन्छन् ।”

पाँच घण्टाभन्दा बढी समय लागेको सुनुवाईमा म्यूलरले सन् २०१६ मा भएको राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पले रसियासँग मिलेर मतपरीणाम प्रभावित नगरेको भन्‍ने ट्रम्पको दाबी पूर्ण सत्य नभएको बताए । “राष्ट्रपति ट्रम्प उनले भनेजस्तो पूर्ण निर्दोष छैनन्”, म्यूलरले भने ।

यसअघि अप्रिलमा सार्वजनिक भएको संशोधित म्यूलर रिपोर्टले ट्रम्प र मस्कोबीच कुनै षड्यन्त्र नभएको निष्कर्ष निकालेको थियो । तर, म्यूलरले ट्रम्ले चुनावी मतपरीणाममा फेरबदल गरेको भन्‍ने विषयमा भने असहमति जनाएका थिए । रिपोर्टमा पनि ट्रम्पले अनुसन्धानलाई प्रभावित पार्न खोजेको भन्दै १० वटा बुँदा समावेश गरिएका छन् ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बार र पूर्व कार्यकारी महान्यायाधीवक्ता रोड रोसेन्टियनले ट्रम्पले कानुन उल्लंघन नगरेको बताएका छन् । ट्रम्पले पनि म्यूलर रिपोर्टले आफूलाई ‘पूर्ण निर्दोष’ भएको दोहोर्‍याएका थिए ।

म्यूलरले भने ट्रम्पले आफूलाई अनुसन्धानबाट निष्कासन गर्न चाहेकोसमेत खुलासा गरे । म्यूलरले आफ्नो टिमले ट्रम्पलाई अपराधको आरोप नलगाएको दाबी गरे । उनले भने, “अनुसन्धान अझै बाँकी छ । यदी ट्रम्प दोषी पाइएमा उनी पदमा नरहँदा पनि कारबाही हुनसक्छ ।”

डेमोक्रेट तथा रिब्लिकनले अपेक्षा गरेअनुरुप कुनै नयाँ विषय भने सार्वजनिक गरेनन् र उनको सुनुवाईले कुनै ‘गेम चेन्जिङ्’ घटना नभएको बताइएको छ । म्यूलरले बुधबार सार्वजनिक गरेको ४५० पेजको रिपोर्टमा ट्रम्प ‘पूर्ण निर्दोष’  भने नभएको बताइएको छ ।
सीएनएन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्