Logo

जनताद्धारा हलेसी तुवाचुङ नगरपालीका घेराउ


– प्रदिप खड्का

हलेसी तुवाचुङ नगरपालीका खोटाङमा नेपाली कांग्रेसले स्थानिय तहमा बहुमत जितेसँगै कार्यकालको शुरुवातसँगै नगरपालीकाको बजेटलाई आफु र आफ्ना पक्षका कार्यकर्ताहरु र पार्टीगत आस्थाका आधारमा कार्यक्रम तथा बजेट दिंदै आएका छन् । पहिलो आर्थिक वर्षमा ४१ करोड, दोस्रो वर्षमा ४४ करोड नगरमा आउँदा वडाहरुमा बजेटको सिलिङ क्रमश ६० लाख र ५० लाख दिइएको थियो ।

यस आर्थिक वर्षमा लगभग ४८ लाख बजेट आउँदा २५ देखी ३० लाख मात्र सिलिङ वडाहरु लिइएको छ । साथै नगरपालीकाले नगर शिक्षा ऐन आफ्नै हिसाबले तयार गरेको हुनाले विभिन्न ९ बुँदा मागहरुको सम्बोधन नगरसभामा गर्नको लागी वडाअध्यक्षहरुद्धारा हस्ताक्षर गरि नगर प्रमुख समक्ष पेश गरिएको थियो ।

असार ३१ गते सम्पन्न गरिएको नगरसभामा कुनै पनि मागहरुको सम्बोधन नगरिएको हुनाले २६ जना जननिर्वाचित प्रतिनीधिहरुको अगुवाईमा १५०० जनताहरुद्धारा नगरपालीका घेराउ गरिएको छ । यस आन्दोलनलाई अझ सम्बन्धित नगरपालीका र नगरप्रमुले वेवस्ता गरे यसको परिणाम नगरिपालीका सत्ता पक्षले ठुलो क्षति वेहोर्नुपर्ने जनताहरुले चेतावनी दिएका छन् ।

उक्त नगर घेराउ कार्यक्रममा वडा नं. २, ३, ५ र ७ का वडाध्यक्षहरुले कोणसभामा सम्बोधन गरेका थिए । शान्तिपुर्ण आन्दोलनलाई निरन्तरता दिन भोली २०७६ श्रावण ८ गतेका दिन विहान हलेसीमा १ घण्टा विहान ६ देखी ७ बजे सम्म र दिउँसो १ बजे देखी २ बजे सम्मा च्यास्मिटारमा १ घण्टा चक्का जाम गरिने जनताहरुको निर्णय अनुसार अगाडी बढीने जनप्रतिनीधि रमेश तिवारीले बताए ।

जनप्रतिनिधीहरुको अगुवाईमा जनताहरुद्धारा नगरपालीका घेराउ

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्